दोलखाको बिगुमा पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता
पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता भएका छन् । निगुरो टिप्न गएका गाउँपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वर्षीय निम्दोर्जे शेर्पा र उहाँका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।
नेवा: देय् दवू महालक्ष्मीमा नयाँ नेतृत्व
ललितपुरमा नेवा: देय् दवू महालक्ष्मी नगर समितिको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई दृष्टिगत गरेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गर्नुभयो ।
सरकार पूर्वाग्राही हुनुहुँदैन : मन्त्री डा.महत
अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकार पूर्वाग्राही भएर प्रस्तुत नभएको बताउनुभएको छ । बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
बंगलादेशी नागरिकलाई बन्धक बनाइ फिरौती असुल्ने सातजना पक्राउ
बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौँमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन् ।
यात्रुलाई सधैँ सास्ती दिने अक्करेभिर
मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड आइतबार बिहानदेखि परेको अविरल वर्षाका कारण यातायात अवरुद्ध छ । ६१ किलोमिटर लामो उक्त खण्डमा यातायात अवरुद्ध हुँदा चार जिल्लाका बासिन्दाले सास्ती खेप्नु परेको छ ।
देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा
अहिले देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदरभन्दा उत्तर (नेपाल नजिक) रहेकाले अहिले पहाडी भूभागमा भारी वर्षा भएको हो ।
गण्डकी गङ्गा आरती हेर्न भक्तजनको भीड
चितवनको देवघाटस्थित धर्म दर्शन आश्रममा दैनिक साँझ हुने गरेको गण्डकी गङ्गा आरतीमा भक्तजनको घुँइचो लाग्ने गरेको छ ।
अविरल वर्षाले पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध
शनिबारदेखि परेको अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागको तथ्याङ्क अनुसार ४१ राजमार्ग भने आंशिक सुचारु छन् ।
विदेशबाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ ।
भ्रष्टाचार आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज (आइतबार) इलामको माइ नगरपालिकाको पशुपति सामुदायिक वनका अध्यक्ष कुमार बहादुर बराइलीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
पसल बन्द गराइदिनेदेखि कोठा खाली गराउनेसम्मका उजुरी
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेको सङ्ख्या बढेको बताउनुभयो ।
हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी
पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् ।
अविरल वर्षाले हवाई उडान प्रभावित
गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।
हेटौँडा-काठमाडौं छोटो दूरीका सबै सडक अवरुद्ध
हेटौँडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो ।
माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ ९दुई महिनामाथिको० माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले जानकारी दिनुभयो ।
नसर्ने रोगबाट हात्ती जोगाउन चुनौती
हात्तीमा हुने गरेको नसर्ने रोगबाट बचाउनका लागि चुनौती थपिएको छ । केही वर्षअघिसम्म क्षयरोगबाट ग्रसित हुने गरेका चितवनका हात्ती अहिले नसर्ने रोगले चुनौती थपिएको हो ।
कोइरालाको प्रतिबद्धता अनुकरणीय
नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइराला नै सुशासन र पारदर्शितामा सबैभन्दा प्रतिबद्ध तथा निष्ठावान् राजनीतिज्ञ रहेको चर्चा विज्ञहरूले गरेका छन् । स्वर्गीय कोइरालाको ८४ औँ जन्मजयन्तीका अवसरमा ‘सुशील कोइराला मेमोरियल फाउन्डेसन’ ले राजधानीमा आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताले सुशासनको पक्षमा कोइरालको अठोटको चर्चा गरे ।
राजनीतिक दलको आयव्यय विवरण, प्रतिवेदन कार्यान्वयनमा ढिलाइ
राजनीतिक दलको लेखापरीक्षण जाँच गरेको महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको छ। राजनीतिक दलको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीबाट जाँच गराएको थियो। आयोगका अनुसार राजनीतिक दलले बुझाएको विवरणमा थप अध्ययन गर्नुपर्ने भएकाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “प्रतिवेदन पूर्ण छैन। विज्ञ कर्मचारीको सुझाबबमोजिम माग गरिएको थप कागजात अझै अध्ययन नभएकाले ढिलाइ भएको हो।”
सिग्नेचर पुलको डिजाइन तयार
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सेती नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन स्वीकृत भएको बताउँदै वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने जानकारी दिनुभयो।
आँखा पाकेकालाई उडानमा कडाइ
आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ। विमान कम्पनीले यात्रुसँग आँखाको परीक्षण प्रतिवेदन खोज्न थालेका छन् तर त्यसको मापदण्ड तय भइसकेको छैन। आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्। तीमध्ये ५० प्रतिशत १५ वर्षमुनिका छन्। काठमाडौँ उपत्यकामा यो समस्या केही कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको छ।
कर्मचारीमा सरुवाको व्यग्र चाहना : माग एक थरी, निवेदन अनेक थरी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवाका लागि माग गरिएको निवेदनमा करिब ५० प्रतिशत कर्मचारी माग बाहिरका सेवाका रहेको पाइएको छ । मन्त्रालयले प्रशासन, तथ्याङ्क र विविध सेवाका कर्मचारीको मात्र सरुवाका लागि निवेदन माग गरेको थियो ।
बाढीपहिरोबाट बच्न उच्च सावधानी
देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानका घटना सुरु भएकाले सरकारका सबै निकायलाई सतर्क बनाइएको छ। गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकाय उच्च सावधानीमा छन्।