काठमाडौँ, साउन २८ गते । ललितपुरमा नेवा: देय् दवू महालक्ष्मी नगर समितिको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले विजयकुमार महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा तुलसी महर्जन, उपाध्यक्ष दायना ताम्राकार श्रेष्ठ, उपाध्यक्ष विनोद महर्जन, सचिवमा ज्ञानी महर्जन र मनोज महर्जन चयन हुनुभएको छ ।
समितिको कोषाध्यक्षमा सजना सिंह डङ्गोल र सदस्यहरू कृष्णकुमारी महर्जन, उर्मिला महर्जन, सिद्धी महर्जन, निरण देवी मूस्याजु, भुवन महर्जन, कृष्ण महर्जन र मुकुल महर्जन रहनुभएको जानकारी अध्यक्ष विजयकुमार महर्जनले दिनुभयो ।