• १ जेठ २०८२, बुधबार

पहिरोमा परी प्रहरी जवानको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, साउन २६ गते । मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परी मृत्यु भएको छ । जाजरकोट जिल्लाको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपालीको पहिरोमा परेर मृत्यु भएको हो । 

भैँसे बजारबाट हेटौँडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११:२५ बजे त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौँडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा उहाँहरु घाइते भएका थिए ।

घाइते प्रहरी जवान नेपालीको हेटौँडा उपचारको क्रममा मृत्यु भएको होे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अर्का घाइते प्रहरी जवानको हेटौँडा अस्पतालमा उपचार भइरहेको र निजको अवस्था सामान्य रहेको छ ।