• १ जेठ २०८२, बुधबार

स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

blog

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत । तस्बिर गोरखापत्र

काठमाडौं, साउन २७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताउनुभएको छ ।

शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो । उहाँले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको छ । स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै समपूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ ।’’

नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सवमा मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।