• ४ असार २०८१, मङ्गलबार

सडक भाँसिदा यातायात ठप्प

blog

अबिरल वर्षाका कारण बाह्रबिसे नगरपालिका–९ राम्चेको सडकको पहिरो ।

सिन्धुपाल्चोक, साउन २० गते । अबिरल बर्षाले सिन्धुपाल्चोकका राजमार्ग र ग्रामीण सडक भाँसिएपछि यातायात ठप्प भएको छ । अरनिको राजमार्गको महभीर खण्ड, कोठे खण्ड भाँसिएर सवारीसाधान आउजाउमा समस्या आएको छ ।

बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ खण्ड, दशकिलो खण्ड, शिरिशे, जम्बु, कोदारी खण्ड, घट्टेखोला, झिर्पु लगायत खण्ड एक मिटर भन्दा बढी भाँसिएको छ । बाह्रबिसेको साँधीखोल्चाको भीषण बाढीले बाह्रबिसे बजारमा माटोलेदो, ढुंगा थ्रुप्रिएको छ । 

बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित टाडँबिसौनाको घ्याम्पाडाँडामा सडक पहिरो जाँदा आउजाउ पूर्णरुपमा बन्द भएको स्थानीय नवराज रायमाझीले बताउनु भएको छ । बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले क्षतिग्रस्त सडक सूचारु गर्न नगरपालिका लागिरहेको जानकारी दिनुभयो । 

Author

चित्र मिजार