• २३ असार २०८१, आइतबार

पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिँदै

blog

हेलम्बु गापा–५ का पहिरो पीडितहरुलाई सुरक्षित स्थानमा सारिँदै

चित्र मिजार
सिन्धुपाल्चोक, साउन २५ गते ।
वर्षाका कारण पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

वडा अध्यक्ष दीपकुमार तामाङले हेलम्बु गाउँपालिका –५ का पहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा टेण्ट हालेर सार्न थालिएको जानकारी दिनुभयो ।

पहिरोबाट १५ घर विस्थापित भएका छन् । विस्थापितमध्ये अति जोखिममा परेका पाँच परिवारलाई टेण्ट हालेर सारिएको उहाँले बताउनुभयो । यस्तै, प्रमुख बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिका –९ राम्चे टाँढबिसौनाका पहिरो पीडितलाई टेण्टमा राखिएको बताउनुभयो ।

केही दिनअघि घरमाथिको सडक पहिरोमा परिणत भएर आउँदा आधा दर्जन घर विस्थापित भएका थिए । सिन्धुपाल्चोकका अन्य स्थानीय तहका सयौं पहिरो पीडितलाई सुरक्षित स्थानमा सार्न थालिएको जनाइएको छ ।