लिमीको जिम्बु काठमाडौँमा बिक्री
उच्च हिमाली क्षेत्र लिमीका पाटनमा पाइने जिम्बु काठमाडौँमा बिक्री गर्न थालिएको छ। अर्गानिक र गुणस्तरीय जिम्बु हुने भएकाले सहरमा त्यसको माग भएपछि लिमीको एक सहकारी संस्थाले काठमाडौँको बजारमा पठाएको हो। लिमी एकता तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुन्चोक तामाङले हिमाली क्षेत्रका पाटनबाट लिमीवासीले सङ्कलन गरेको जिम्बु सहकारी संस्थाले खरिद गरी काठमाडौँ पु-याइएको बताउनुभयो।
कालीकोटमा माओवादी केन्द्रका शाही निर्वाचित
कालीकोटको एक मात्र प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार महेन्द्रवहादुर शाही निर्वाचित हुनुभएको छ ।
कालीकोट १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित
कालीकोट निर्वाचन क्षेत्र १ प्रदेश (ख) मा नेपाली कांग्रेसका हिक्मतवहादुर विष्ट निर्वाचित हुनुभएको छ । उहाँ सात हजारभन्दा बढी मतले निर्वाचित हुनुभएको हो ।
कालीकोटमा म्यादीको बिदाइ
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीको बिदाइ गरिएको छ।
हुम्ला प्रदेशसभा (क) माओवादीका परियार विजयी
हुम्लाको प्रदेशसभा (क) मा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनु भएको छ ।
रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित हुनुभएको हो ।
सुर्खेत १ प्रदेशसभा (ख) मा माओवादीका कृष्ण जिसी निर्वाचित
सुर्खेत क्षेत्र नम्बर १ को (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कृष्ण जिसी निर्वाचित हुनुभएको छ । उहाँले एमालेका डण्डीप्रसाद शर्मालाई चार हजार १९६ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो।
खलंगामा गठबन्धनका उम्मेदवारको धन्यवाद सभा
सल्यानमा प्रदेश तथा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ।
कालीकोट प्रदेश सभा (क) मा रावत निर्वाचित
कालीकोट प्रदेश सभा (क) मा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गवहादुर रावत बिजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार रावतले ९ हजार १२ मत प्राप्त गर्दै एमालेका कुर्मराज शाहीलाई पराजित गर्नुभएको हो ।शाहीले ७ हजार ९५२ मत प्राप्त गदै उपबिजेता बन्नुभयो ।
सुर्खेत १ (क) मा कांग्रेसका पोखरेल विजयी
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका खड्गबहादुर पोखरले विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
सल्यान १ को (ख) मा कांग्रेसका सुरेश अधिकारी विजयी
सल्यान प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ ।
कालिकोट (क) मा माओवादीका रावत निर्वाचित
कालिकोट (क) मा नेकपा (माओवादी केन्द्र) बाट गठबन्धनका साझा उम्मेदवार दुर्ग रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गर्नुभयो ।
दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका शाही विजयी
दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिकपाल कुमार शाही विजयी हुनुभएको छ ।
सुर्खेत २ को प्रदेश सभा (क) मा एमालेका कंडेल विजयी
सुर्खेत निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा नेकपा (एमाले)का यामलाल कंडेल विजयी हुनु भएको छ ।
सल्यानको प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारी विजयी
सल्यानको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ । उहाँले २० हजार ४०८ मत प्राप्त गर्नुभएको छ ।
सल्यानबाट प्रतिनिधि सभामा प्रकाश ज्वाला विजयी
सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ ।
सल्यान १ (क) बाट माओवादीका भीम प्रकाश विजयी
सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा विजयी हुनुभएको छ ।
जाजरकोटबाट शक्ति बस्नेत तेस्रो पटक विजयी
जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ ।
जुम्लाबाट प्रतिनिधिसभामा ज्ञानेन्द्र शाही विजयी
जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएको छ ।
जुम्ला (क) मा कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजय
जुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजय हुनुभएको छ ।
दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट कांग्रेसका भण्डारी विजयी
दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम भण्डारी भारी मतान्तरसहित विजयी हुनुभएको छ । कुल २२ हजार ९४२ मत गणना हुँदा १० हजार ८०० मतसहित भण्डारी विजयी हुनुभएको हो ।
सल्यान प्रदेशसभा ‘क’ मा माओवादी र ‘ख’ मा कांग्रेसको अग्रता
सल्यानमा दुई प्रदेशभाको मतगणना एकैसाथ गरिएको छ । प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । प्रदेश सभा क्षेत्र नम्वर क मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्माले ५ हजार ९६८ अग्रता कायम गर्नुभएको छ ।
जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी
जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी हुनुभएको हो ।
जाजरकोट प्रदेश सभामा गठबन्धनका उम्मेदवार निर्वाचित
जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठवन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनु भएका बेदराज सिंह ले १८ हजार ५४३ मत ल्याएर विजयी हुनु भएको छ ।