अर्थमन्त्री शर्माद्वारा मतदान
राजु लामिछाने रुकुमपश्चिम, मङसिर ४ गते । प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अर्थमन्त्री जनार्दन शर्माले मुसीकोट नगरपालिका ५ सेरीगाउँस्थित यमुनानन्द नमुना माविमा रहेको 'क' मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो । मतदानपछि शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिवसमेत रहनुभएका अर्थमन्त्री शर्मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ ।
चार मतदान केन्द्रको जिम्मा महिलालाई
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ ।
ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो
नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो
चुनावले गर्दा यात्रु बढे
चर्को हवाई भाडा भए पनि यतिबेला हुम्ला भित्रिने यात्रुको सङ्ख्या भने वृद्धि भएको छ। मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मत खसाल्न घर आउने मतदाताका कारण जिल्लामा भित्रिने यात्रुको सङ्ख्या वृद्धि भएको हो।
कर्णालीमा निर्वाचनका लागि सबै तयारी पूरा
आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कर्णालीमा सबै तयारी पूरा भएको जनाएको छ । प्रदेशभरको सुरक्षा कडा पारिएको छ भने निर्वाचनका अन्य तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदातालाई प्रभावमा पार्न त्रिपाल वितरण
गठबन्धन दलले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै त्रिपाल वितरण गरेको छ । मौन अवधि सुरु हुनु केही समय अघि गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रवहादुर शाहीको तर्फबाट पलाँता गाउँपालिकामा सो त्रिपाल वितरण गरिएको हो ।
हुम्लामा चुस्त सुरक्षा व्यवस्था
जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित जिल्लाभरी अवाञ्छित घटना हुन नदिन सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता हेरी सुरक्षा व्यवस्था चुस्त बनाइएको हो ।
ताम्तीमा फेरिए मतदान अधिकृत र सहायक अधिकृत
मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालयमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि कर्मचारीको टिम फेरिएको छ।
सरकारी अनुदानले कृषकलाई लाभ
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘एक स्थानीय तह, एक कृषिबाली पकेट कार्यक्रम’बाट किसान लाभान्वित भएका छन् । प्रदेश सरकारको अनुदान र अन्य सहयोगबाट किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । छ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदारले अहिले वार्षिक सात लाख रुपियाँ कमाउनुहुन्छ । उहाँले गत आर्थिक वर्ष ‘एक स्थानीय तह, एक कृषिबाली पकेट कार्यक्रम’को सहयोगमा तरकारी उत्पादनका लागि पक्की टनेल निर्माण गर्नुभएको हो । उक्त कार्यक्रमअन्तर्गत प्रदेश सरकारको ७० प्रतिशत, गाउँपालिका र कृषकको १५/१५ प्रतिशत लगानी गरिँदै आएको छ ।
जुम्लामा जिप दुर्घटना, तीन घाइते
जुम्लामा मतदान केन्द्रतिर जाँदैगरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका –४ स्थित रावतवाडामा ताम्ति मतदान केन्द्रतिर गैरहेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो ।
किल्ला ढाल्ने र जोगाउने कसरत
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा रहेका राजनीतिक पार्टी आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा व्यस्त छन् । एकै दिन जिल्लाका विभिन्न भूभागमा पुगेर चुनावी सभा र भेटघाटलाई तीव्रता दिँदै आएका छन् । जिल्लामा रहेका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा सत्ता गठबन्धन र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
घोषणापत्रमा द्वन्द्वपीडितलाई बेवास्ता
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४, खारा पोखरीगाउँकी ५७ वर्षीया भीमकला खड्कालाई चुनावी माहोलले छोएको छैन । सशस्त्र द्वन्द्वको बेला पति गुमाएकी खड्कालाई घरधन्दाकै चटारो छ । खड्काले भन्नुभयो, “पहिला चुनावको बेला घरघरमा उम्मेदवार, नेता, कार्यकर्ता आउँथे, द्वन्द्वपीडितका लागि धेरै गर्छौं भन्थे । अब त हामी बेवास्तामा परिम्, चुनावी रौनक छैन, गाउँमा ।”
नौ वर्षदेखि पालमुनिको बसाइ
निर्वाचन माहौल तातिएका बेला गिरीघाटस्थित बाढी प्रभावितका छाप्रोमा भने चिसो सिरेटो चलेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता रिझाउन व्यस्त नेताहरू एकपछि अर्को यो शिविरमा पुगे पनि समस्या समाधानको आश्वासन मात्र दिएको पीडितको भनाइ छ ।
बुद्ध एयरको एटिआर ७२ विमानबाट सुर्खेतमा परीक्षण उडान
निजी वायु सेवा कम्पनी बुद्ध एयरले सुर्खेतमा परीक्षण उडान गरेको छ । एटिआर ४२ मार्फत नियमित उडान गर्दै आएको बुद्धले बुधबार एटीआर ७२ विमानमार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।
निर्वाचनका कर्मचारी हेलिकोप्टरबाट लिमीमा
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूलाई हेलिकोप्टरबाट दुई दिन लगाएर ओसार्ने कार्य पुरा भएको छ ।
निर्वाचन चर्चामै सीमित सुनथराली विमानस्थल
कालीकोटमा रहेको सुनथराली विमानस्थल चुनावी एजेन्डा मात्रै बन्ने गरेको छ । सो विमानस्थल निर्वाचनका समयमा निकै चर्चामा आउने गरे पनि निर्वाचन सकिएपछि विस्तारै चर्चा सेलाउँदै जाने गर्छ । अहिले फेरि निर्वाचन आएको छ । उम्मेदवारहरूले उक्त विमानस्थल बनाउने चुनावी एजेन्डा आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । तीन दशकदेखि निर्माण कार्य थालिएको सुनथराली विमानस्थलको निर्माण अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।
अस्पताल निर्माण र भौतिक पूर्वाधारमा जोड
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन् । मतदाता रिझाउन उम्मेदवारहरूले विकासका आश्वासन बाँडेर मत मागिरहेका छन् । अहिले राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलो अभियान, आम सभालगायतका चुनावी प्रचारप्रसारमा आफ्ना एजेन्डा लिएर घुमिरहेका छन् । कर्णाली प्रदेशका ग्रामीण भेगका नागरिकले आधारभूत स्वास्थ्य सुविधासमेत पाउन सकेका छैनन् । भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिएका दल तथा राजनीतिक दलहरूले ल्याएका प्रतिबद्धतापत्रमा स्वास्थ्यका क्षेत्रका मुद्दालाई पनि समेटिएको छ ।
देशलाई समृद्धिको बाटोमा लैजाने छौं : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि गठबन्धन गर्नु परेको बताउनुभएको छ।
जुम्लामा सत्ता गठबन्धनलाई एमाले, नेमकिपा र राप्रपाको चुनौती
जुम्लाको प्रतिनिधिसभाको निर्वाचनमा पाँचजनाकाे उम्मेदवारी परे पनि नेकपा (माओवादी केन्द्र) बाट बागी उम्मेदवार बनेका डा.कलबहादुर रोकायाको उम्मेदवारी निष्क्रिय गरेपछि चार जनाबीच प्रतिस्पर्धा हुनुभएको छ ।
प्रधानमन्त्री देउवा आज दैलेख जानुहुँदै
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउनुहुने भएको छ ।
जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा
भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो ।
बागी उम्मेदवार सत्ता गठबन्धनलाई त्रास
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै छ । यो अवस्थामा सत्तारूढ गठबन्धनलाई अहिले नेपाली कांग्रेसका बागी उम्मेदवार अर्थात् स्वतन्त्र उम्मेदवारले चुनौतीका साथै त्रास बढाइदिएको छ । सत्तारूढ गठबन्धनका तर्फका उम्मेदवारको प्रतिस्पर्धा गर्दै जुम्लामा कांग्रेसका शक्तिशाली नेताको उम्मेदवारी कायमै भएपछि गठबन्धनमा त्रास फैलिएको हो ।
निर्वाचनमा लिमी खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने
मङ्सिर ४ गतेको निर्वाचनका लागि नाम्खा गाउँपालिका –६ को हिमालपारि गाउँ लिमीमा खटिने कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने भएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेको हो ।
चुनावी प्रतिबद्धतापत्र : भौतिक पूर्वाधार प्राथमिकतामा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै घरदैलो गरिरहनुभएको छ । उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिबद्धतामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग स्थापना, रोजगारलगायतका विषयलाई प्राथमिकता दिएका छन् ।