हिल्साबाट निर्माण सामग्री आयात
चीनसँगको सिमाना हिल्सा नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री आयात भएका हुन् ।
मन्त्रिपरिषद् विस्तारमा अलमल
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा अलमल देखिएको छ । नयाँ जनादेशअनुसार सरकार गठन भएको छैटौँ दिन भइसक्दा पनि मन्त्रिमण्डलले तत्काल पूर्णता पाउने सङ्केत देखिएको छैन ।
कर्णालीको सभामुखमा नन्दा गुरुङ निर्वाचित
कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी ती ३८ सांसद मध्य नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ ।
कर्णालीको सभामुखमा नन्दा गुरुङ निर्वाचित
कर्णाली प्रदेशको सभामुख पदमा नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार भएको मतदानबाट संसदको २४ मत पक्षमा प्राप्तगरी सभामुखमा गुरुङ निर्वाचित हुनुभएको सभाध्यक्ष महेन्द्र विष्टले घोषणा गर्नुभएको हो ।
चालीस हजार उठाउन पचास हजार खर्च
नेपाल र चीनको सिमाना हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयले आम्दानीभन्दा बढी खर्च गरेर राजस्व असुली गर्नु परेको छ ।
गाउँको स्वास्थ्यचौकीमा गर्भवतीको अल्ट्रासाउण्ड
दुुर्गमका स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने काम भएको छ । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेकाबेला जिल्ला अस्पतालबाट परिचालित दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउण्ड गर्ने काम भएको हो ।
कर्णालीको सभामुख पदमा दुई जनाको उम्मेदवारी
कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा (एमाले)का नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो ।
चुनौतीले घेरिएको अवसर
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तीव्र विकासको जनअपेक्षा पूरा गर्ने चुनौतीले घेरिनुभएको छ । केन्द्रीय सत्ता साझेदार दलको सहमतिअनुरूप कर्णालीको मुख्यमन्त्री बन्नुभएका शर्मालाई त्यही चुनौती नै भावी राजनीतिको दिशा तय गर्ने अवसरसमेत बनेको छ ।
भेरी लिफ्टिङ परियोजनाको पुनः परामर्श
खानेपानीको चरम समस्या भोगिरहेको वीरेन्द्रनगर नगरपालिकाको आगामी तीन दशकको जनसङ्ख्यालाई धान्ने गरी भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ ।
खच्चडबाटै इन्धन ढुवानी
हिमाली जिल्ला हुम्लामा खच्चडबाट इन्धन ढुवानी भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण दक्षिणी क्षेत्रका तीन स्थानबाट माथिल्लो हुम्लाका लागि डेढदेखि दुई दिन लगाएर खच्चडबाट ढुवानी इन्धन ढुवानी गर्नु परिरहेको हो ।
ज्येष्ठ नागरिकलाई सेवा लिनै सास्ती
जाजरकोटको भेरी नगरपालिका–३ का खड्कबहादुर केसीलाई राज्यले ज्येष्ठ नागरिकलाई के के सुविधा दिएको छ भन्नेबारे कुनै जानकारी छैन । राज्यबाट पाउने सुविधाबारे बेखबर हुँदा ७५ वर्षीय केसी सेवा प्राप्त गर्नबाट वञ्चित हुनुहुन्छ ।
मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिनुभयो शपथ
कर्णाली प्रदेशको मुख्यमन्त्री र दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्रीमा राजकुमार शर्मा र बिना विभागीय मन्त्रीमा विनोदकुमार शाह र मङ्गलबहादुर शाहीले शपथ लिनुभएको हो ।
यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्तिसँगै विश्वासको मत लिने क्रम सुरु भएको छ ।
लोप हुँदै ढाल तरबार नाच
पुरुष मात्र सहभागी हुने ढाल तरबार नाच लोप हुने चिन्तामा हुम्लावासी रहेका छन् । शुभ कार्य र चाडपर्वमा सधैँ नाचिने उक्त
प्रदेश सभामुख चयन १ गते
कर्णाली प्रदेश सभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ । सभामुख चयनका लागि ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी एमालेका विनोदकुमार शाहले आगामी माघ १ गते दिउँसो १ बजे बैठक बोलाउनुभएको छ ।
कर्णाली नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएको छ । मुख्यमन्त्रीमा मङ्गलवार नियुक्त हुनुभएका माओवादी केन्द्रका शर्माले आज शपथ लिन लाग्नु भएको हो ।
चालीस हजार घटना हुँदा १३४ मुद्दा दर्ता
नेपालमा मानव बेचबिखनका घटनाको तुलनामा कानुनी प्रक्रियामा जानेको सङ्ख्या निकै कम रहेको पाइएको छ । गत आर्थिक वर्षमा नेपालभर ४० हजार तीन सय मानव बेचबिखनका घटना भएकामा कानुनी प्रक्रियामा जाँदा १३४ वटा मात्रै मुद्दा प्रक्रियामा गएको पाइएको हो ।
पुसमै फुल्यो स्याउ
चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन ।
वैकल्पिक उपचार रोज्छन् पीडित
मुगुका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । किशोरी अवस्थामै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने बाध्यता र पर्याप्त पोषणयुक्त खानाको अभावले मुगुका महिलामा पाठेघरको समस्या बढी देखिएको पाइएको हो ।
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा नियुक्त हुनु भएको छ ।
मुख्य उपलब्धिमा सुशासनको दाबी
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो नेतृत्वमा गठित सरकारले हासिल गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । मङ्गलबार कर्णालीवासीका नाममा सम्बो
अनुदानका चुला भए बेवारिसे
सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवा
सुत्केरी खोज्दै गाउँघरमा स्वास्थ्यकर्मी
स्वास्थ्यकर्मी घरघरमै आएर सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न थालेपछि दैलेखको भगवतीमाई गाउँपालिका–३, मेहलतोलीकी सरिता बुढा आश्चर्यचकित हुनुभएको छ। जब कि अघिल्ला वर्षमा स्वास्थ्य संस्थामै जाँदासमेत स्वास्थ्य सल्लाह र सेवा पाउन मुस्किल थियो। पालिकाका अधिकांश स्वास्थ्य संस्थाबाट सुत्केरी महिलाको घरघरमै पुगेर स्वास्थ्य हेरचाह र पोसिलो खानाबारे परामर्श दिन थालिएको छ। सुत्केरी सरिताले भन्नुभयो, “घरमै आएर स्वास्थ्यसम्बन्धी परामर्श पाएँ, खुसी लाग्यो।”
स्याउ उत्पादनको एक तिहाइ मात्रै बिक्री
यस वर्ष हिमाली जिल्ला हुम्लामा तीन करोड रुपियाँको स्याउ उत्पादन भएको छ । स्याउ उत्पादन राम्रो भए पनि बजारको समस्याका कारण ६० लाख रुपियाँको मात्रै स्याउ बिक्री भएको बताइएको छ । सिमकोट गाउँपालिका–६ का जयचन्द्र रोकायाले आफूले ५० क्विन्टल स्याउ उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले स्याउ उत्पादन राम्रो भए पनि बिक्री भने आधा जति मात्रै भएको र अहिले पनि स्याउ भण्डारण गरिरहेको बताउनुभयो । उहाँले फागुन महिनासम्ममा सबै उत्पादन बिक्री हुने विश्वास व्यक्त गर्नुभयो ।