• ८ पुस २०८१, सोमबार

कर्णालीको सभामुखमा नन्दा गुरुङ निर्वाचित

blog

नवीन सुवेदी

सुर्खेत, माघ १ गते । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी ती ३८ सांसदमध्ये नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ गरी जम्मा २४ मत गुरुङले पाउनुभएको छ। गुरुङ सुर्खेतबाट समानुपातिक सांसदमा निर्वाचित सांसद हुनुहुन्छ । 

यस्तै, नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिनुभएका खड्गबहादुर पोखलेरले जम्मा १४ मत पाउनुभएको छ । पोखरेललाई एकीकृत समाजवादीले भोट दिएको छ । कांग्रेसका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१)बाट निर्वाचित हुनुभएको थियो।

ज्येष्ठ सदस्य नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टले सभा सञ्चालन गर्नुभएको थियो । उहाँले भोट हाल्नुभएन । 

यस्तै, जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने तटस्थ बस्नुभएको थियो ।