• ८ पुस २०८१, सोमबार

मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिनुभयो शपथ

blog

प्रदेश प्रमुख तिलक पपिरयारले मुख्यमन्त्री राजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाउँदै । तस्बिर : नविन शाही

नविन शाही

सुर्खेत, पुस २८ गते । कर्णाली प्रदेशको मुख्यमन्त्री र दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्रीमा राजकुमार शर्मा र बिना विभागीय मन्त्रीमा विनोदकुमार शाह र मङ्गलबहादुर शाहीले शपथ लिनुभएको हो । 

माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका शर्मालाई २५ सांसदको समर्थनमा प्रदेश प्रमुख तिलक परियारले बुधबार नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्रीलाई माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १–१ गरी जम्मा २५ जना सांसदको समर्थन रहेको छ । जसमध्ये नेकपा (एमाले) बाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्र मुगुका मङ्गलबहादुर शाही मन्त्री नियुक्त हुनुभएको छ । 

पदभार ग्रहण गर्दै मुख्यमन्त्री शर्माले कर्णालीमा वार्षिक १० हजार जनालाई रोजगारी दिइने बताउनुभयो । त्यसका लागि उहाँले हस्ताक्षर समेत गर्नुभएको छ । ‘कर्णालीवासीले सुःख र खुसी प्राप्त गर्नुछ । सुःखी आर्थिक सम्पन्नतासँग जोडिएको छ भने खुसी सामाजिक न्यायसँग जोडिएको छ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, ‘यसलाई अन्त्य गर्न कर्णाली सम्वृद्धिको अभियान अन्तर्गत कर्णालीमा प्रतिवर्ष कम्तीमा १० हजार रोजगारी सिर्जना गर्न नीतिगत निर्णय आवश्यक देखिएको छ । त्यसका लागि पहिलो निर्णय लिएको हुँ ।’

कर्णालीमा बजेटको अपुगता र प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्रका कारण कर्णाली पिछडिएको भन्दै मुख्यमन्त्री शर्माले कर्णाली सुनको डल्लोलाई सुन्दर गहना निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । केही दिनमै मन्त्रीपरिषद्लाई पूर्णता दिने उहाँले बताउनुभयो ।