• ८ पुस २०८१, सोमबार

एकीकृत बस्ती विकास गर्ने योजना छ: मन्त्री शाह

blog

नवीन सुवेदी 

सुर्खेत, माघ १५ गते । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले प्रदेश राजधानीलाई एकीकृत बस्ती रूपमा विकास गर्ने योजना रहेको बताउनु भएको छ । पदभार सम्हाले लगतै मन्त्री शाहले प्रदेशको राजधानी कर्णालीकै गेट रहेको एकीकृत विकास गर्ने आवश्यक रहेको बताउनुभएको हो । 

मन्त्री शाहले भन्नुभयो, प्रदेश राजधानीलाई एकीकृत विकास गर्न सक्यौँ भने कर्णाली प्रदेश प्रवेश गर्ने बित्तिकै नयाँ प्रभाव दिने छ । त्यसैले एकीकृत विकास गर्नुपर्छ । साथै खानेपानी, व्यवस्थित बस्ती विकास, विद्युत्का तार अन्डरग्राउन्ड गर्नमा मेरो ध्यान जाने छ ।

शाहले रणनीतिक महत्त्वका आयोजनाहरू पूरा गर्न प्रदेशको मात्रै सामर्थ्यमा पूरा गर्न नसक्ने भएकाले त्यसका निम्ति सङ्घीय सरकारसँग सहर्काय गरेर ती आयोजनाहरू परिपूर्ति गर्न सकिने बताउनुभयो । सुर्खेत विमानस्थल निर्माण र विस्तार हुनुपर्छ । सुर्खेत विमान स्थलको रनवे एकदमै छोटो छ । यदि विस्तार हुन नसकेको खण्डमा विकल्प पनि खोज्नुपर्छ । साथै दखलैको पञ्चकोसी क्षेत्रलाई एकीकृत विकासको रूपमा विकास, कर्णाली कोरिडोर, कर्णाली नदीमा जल पर्यटनका निम्ति अध्ययन अनुसन्धान गर्ने सोच बनाएको छु । उहाँले भन्नुभयो, । 

कर्णाली र भेरी कोरिडोरको विकास गर्न नितान्त आवश्यक रहेको यसका निम्ति आफू पनि योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।  यस्तै, कर्णाली प्रदेश जडीबुटीको लागि एकदमै कहलिएको अवस्था रहेको, कर्णालीको जडीबुटी भनेर जताततै प्रचार हुने तर, जडीबुटीबाट आम जनमानसमा लाभान्वित नभएको बताउनुभयो । त्यसका लागि जडीबुटी प्रशोधन र विकासका लागि पहल कदमी चाल्नु पर्ने उल्लेख गर्नुभयो ।