• ८ पुस २०८१, सोमबार

बालबालिकालाई शैक्षिक सामग्री

blog

डोल्पा समाचारदाता

डोल्पा, माघ १५ गते । डोल्पाका अनाथ, गरिब र आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामग्रीसहित विद्यालय पोसाक वितरण गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटमा रहेको महिला सामुदायिक सेवा समाजले सहयोग नेपाल सञ्जालको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी नगरपालिकाभित्रका ११ वटा वडामा रहेका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको हो।

बालबालिकालाई सहयोग वितरण गर्दै नगर उपप्रमुख देवी घर्तीले महिला सामुदायिक सेवा समाजले समाजमा रहेका अनाथ आर्थिक विपन्न र गरिब बालबालिकालाई विगतका वर्षदेखि आवासीय व्यवस्थापनलगायत शैक्षिक सामग्रीदेखि विद्यालय पोसाकसमेतको सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।महिला सामुदायिक सेवा समाजकी अध्यक्ष दिलमाया विष्टले मानवीय सेवा प्रदान गर्ने उद्देश्यले अनाथ र आर्थिक विपन्न बालबालिकालाई शैक्षिक विकासका लागि सहयोग  गर्दै आएको जानकारी दिनुभयो।