उधारोमा बन्यो कर्णालीमा पुल
पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफँै खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।
नाम्खाको कार्यालय सदरमुकाममा राखिँदा सेवाग्राहीलाई सास्ती
नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गर्नु भएको छ । पत्रकार महासङ्घ हुम्ला शाखाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले उक्त माग गर्नु भएको हो ।
सडक विस्तारमा ढिलासुस्ती
वीरेन्द्रनगरको मुख्य बजारको सडक विस्तारको काम सुस्त देखिएको छ। लामो समय भइसक्दा पनि मङ्गलगढी चोकदेखि गणेश चोकसम्मको सडक फराकिलो बनाउने कामले गति लिन सकेको छैन।
२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई रु १० हजार
कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ ।
कटुवाल कराउँदै : घाँस काट्न खुला भयो होईई..
जाजरकोटको भेरी नगरपालिका– ११ स्थित सामुदायिक वन समूहले घाँस काट्न खुला गरेसँगै स्थानीय कटुवालद्वारा ठूलो स्वरले कराएर जानकारी दिँदै ।
प्रहरीद्वारा घरेलु मदिरामा कडाइ
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको दुई तर्फिबाट आइतबार दिउँसो प्रहरीको अप्रेस सुरु भयो । सुरुमा देख्नेले कुनै ठूलै घटना भएको र त्यसको तयारीमा प्रहरी तैनाथ भएको अनुमान गरे ।
मध्य पहाडी राजमार्गमा कालोपत्रे सुरु
पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तरगत दैलेखको पश्चिम क्षेत्रमा रहेको भैरवी खण्ड कालो पत्रे सुरु भएको छ । सडकको स्तरीकरण सुरु भए सँगै लामो समयदेखि कच्चीबाटमा असहज यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।
घरदैलोमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
शारदा नगरपालिकाले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।
शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम
विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लैङ्गिक हिंसाबाट बच्न सिकाउने उद्देश्यले शिक्षक शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाविरुद्ध आव्हान: आत्मरक्षाको तालिम हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभागले विद्यालयका शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरेको छ ।
राज्यबाट उचित सहयोग नपाएको गुनासो
अपाङ्गता भएका नागरिकले राज्यबाट उचित सहयोग प्राप्त नभएको गुनासो गरेका छन्। ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका नागरिकले यस्तो बताएका हुन्। काम गर्न नसक्ने अवस्थाका नागरिकको जीवन दयनीय रूपमा बितिरहेको बताउँदै राज्यले उचित सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ। सिमकोट गाउँपालिका–५ का जनक परियारले अपाङ्गता भएकै कारण आफ्नो जीवन दयनीय रूपमा बितिरहेको बताउँदै आफूजस्ता नागरिकलाई राज्यले हेर्न नसकेको गुनासो गर्नुभयो।
बाजुरा (ख) मा कांग्रेसका शाही विजयी
बाजुराको प्रदेश निर्वाचन क्षेत्र नं. १ को प्रदेश (ख) मा नेपाली कांग्रेस उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २० हजार ११९ मत प्राप्त गरी शाही विजयी हुनुभएको हो ।
भाडाको भवनबाट सेवा प्रवाह
जाजरकोटका दुई पालिकासँग आफ्नो भवन नभएकाले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्। जिल्लाको जुनीचाँदे र छेडागाड नगरपालिकाको प्रशासनिक भवन नहुँदा भाडाका भवनबाट सेवा प्रवाह भइरहेको छ। सातवटा पालिका रहेको जाजरकोटमा भेरी, नलगाड नगरपालिका, बारेकोट, कुशे, शिवालय गाउँपालिकाले प्रशासनिक केन्द्र तोकिएको स्थानमा भवन निर्माण गरी सेवा विस्तार गरिसकेका छन् भने छेडागाड र जुनीचाँदेले आफ्नै भवन नहुँदा भाडाको भवनबाट सेवा दिएका छन्।
चिसोले मुगुमा पहिराबाट विस्थापितको बिचल्ली
चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् ।
स्थानीय तहका चार पूर्वप्रमुख प्रदेश सभामा
स्थानीय तहको नेतृत्व गरेका केही जनप्रतिनिधि कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा यसअघि स्थानीय तहको नेतृत्वमा रहेका चार नेता प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। कर्णाली प्रदेशको प्रत्यक्षतर्फ २४ निर्वाचित सदस्यमध्ये चार जनाले अघिल्लो पटक स्थानीय तहको नेतृत्व गरेका छन्। चार जनामध्ये दुई जना पूर्वजिल्ला समन्वय समिति प्रमुख र दुई जना पूर्वनगरपालिका प्रमुख रहेका छन्। सल्यानको प्रदेश सभा (ख)बाट सुरेश अधिकारी निर्वाचित हुनुभएको छ। उहाँ शारदा नगरपालिकाका पूर्वप्रमुख हुनुहन्छ। त्यस्तै दैलेखको प्रदेश सभा (क)बाट घनश्याम भण्डारी निर्वाचित हुनुभएको छ। उहाँ दुल्लु नगरपालिकाका पूर्वप्रमुख हुनुहुन्छ।
‘समृद्धिको मार्ग : कर्णाली करिडोर’
विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् ।
हुम्लामा बदर मत सङ्ख्या घट्यो
यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा बदर मत सङ्ख्या यसअघिको निर्वाचनभन्दा कम देखिएको छ ।
अवरुद्ध सडक खुलेपछि स्थानीयलाई राहत
गत असोज दोस्रो हप्तामा भारी बर्षादका कारणले बाढी पहिरोले अवरुद्ध भएका खत्याड भेकका ग्रामीण सडक सुचारु हुन थालेका छन् । खत्याड गाउँपालिकाको पहलमा अवरुद्ध सडक मर्मत अगाडि बढाएसँगै सडक सुचारु हुन थालेका हुन् । खत्याड गाउँपालिका वडा नं–१ का कर्णवीर रोकायाले, गाउँमा जोडिने बाटोह
योजनाको सम्झौता गर्न तीन दिन हिँड्नु पर्ने लिमीवासीको बाध्यता
नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको छ । गाउँपालिकाले लिमीका लागि विकासे योजनाहरूको काम अगाडी बढाउन सम्झौताका लागि सूचना सार्वजनिक गरेपछि लिमीबाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिँडेर आउनु परेको हो ।
भिरबाट लडेर महिलाको मृत्यु
जाजरकोटको बारेकोटमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि नजिकको भिरमा गएकि बारेकोट —५ धुमाकी ३५ बर्षीया पदमकली चलाउनेको भिर बाट लडेर मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करले महिलाको मृत्यु
जाजरकोटमा मोटर साइकल ठक्करले एक जना महिलाको ज्यान गएको छ । भेरी नगरपालिका –४ की ६१ बर्षीया विजया शाहीको ठक्करले ज्यान गएको हो ।
नदी किनारमा बेवारिसे शव फेला
कालीकोटको शान्नीत्रिवेणी गाउँपालिका –३ सिस्नेगडा कर्णाली नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । घाँस काट्न गएका स्थानीय महिलाले नदी किनारमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
हुम्लाका कृषकलाई स्याउ बिक्रीको पिरलो
स्याउ उत्पादन राम्रो भए पनि किसानलाई यस वर्ष बजारको (बिक्री) गर्ने पिरलो भएको छ । जिल्लामा सडक यातायात नजोडिएका कारण जिल्ला बाहिर निकासी गर्न नपाइने भएकाले किसानलाई उत्पादन भएको स्याउ बिक्री गर्न समस्या भएको हो ।
कर्णाली प्रदेश : समानुपातिक मतमा एमाले पहिलो
प्रतिनिधि सभा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणामअनुसार कर्णालीमा नेकपा (एमाले) पहिलो दल बनेको छ। सुर्खेतमा नेकपा (एमाले)ले यस पटक पनि २०७४ को लोकप्रियतालाई कायमै राखेको हो। प्रदेश सभातर्फ नेकपा (एमाले)ले समानुपातिकमा एक लाख ८३ हजार ९५० मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो। प्रदेशमा लोकप्रिय मतमा नेपाली कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएको छ।
जग्गा खरिदमै अल्झियो चौकुने सिमेन्ट उद्योग
सुर्खेतको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने चौकुने सिमेन्ट उद्योग स्थापना जग्गा खरिदमै अल्झिएको छ । उद्योग स्थापना गर्ने भन्दै २०३५ सालमा खानी तथा भूगर्भ विभागले चौकुने गाउँपालिका–६, चौकुनेमा चुनढुङ्गा, माटोलगायतको परीक्षण गरिसके पनि अहिलेसम्म सिमेन्ट उद्योग स्थापना हुन सकेको छैन । साथै उद्योग स्थापनाको लाइसेन्स २०६६ सालमा मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले लिएको र हाल बल्लतल्ल जग्गा खरिद गर्न लागेको छ ।