दलित समुदायलाई ग्याँस चुल्हो र सिलिण्डर बितरण
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाले दलित समुदायलाई ग्याँस चुल्होसहित भरिएको सिलिण्डर बितरण गरेको छ । लक्षित वर्गका सदस्यको घरलाई धुँवारहित बनाउन गाउँपालिकाले चुल्हो र सिलिण्डर वितरण गरेको हो ।
राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार चयन हुन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
डोल्पामा माटोले पुरिएर दुई कामदार घाइते
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन् ।
शिक्षकको कुटाईबाट विद्यार्थी बेहोस
जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थी बेहोस भएका छन् ।
आठ सय साठी कर्मचारी सिफारिस
कर्णाली प्रदेशको प्रदेश लोकसेवा आयोगले स्थापनाको दुईवर्षे अवधिमा प्रदेश तथा स्थानीय तहका लागि ८६० कर्मचारी सिफारिस गर्न सफल भएको छ । प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो ।
ग्यास लिक हुँदा जुम्लाको एक घरमा आगलागी
जुम्लामा ग्यास लिक हुँदा (चुहिँदा) एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
खेल मैदानको प्यारापिट निर्माण कार्य अलपत्र
सिमकोट गाउँपालिका –५ स्थित सिमसार क्षेत्रमा रहेको रङ्गशालामा निर्माण भइरहेको प्यारापिटको निर्माण कार्य अलपत्र परेको छ । सो प्यारापिट निर्माणका लागि पहिलो वर्ष बजेटको ब्यवस्था भए पनि त्यसयता बजेटको ब्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिदै आएको हो ।
हेलिकोप्टरद्वारा उद्धार गरिएकी नन्दाको निधन
जिल्ला अस्पताल कालीकोटबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकि सुत्केरी महिलाको नौ दिनपछि आज निधन भएको छ। तिलागुफा नगरपालिका ७ कि ३४ वर्षीया नन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
‘दशौं राष्ट्रिय खेलकुद कर्णालीको गौरव’
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र गौरवको विषय भएको बताउनु भएको छ ।
जीर्ण वीरेन्द्र पुल बर्षौ देखि मर्मत नहुँदा सकस
जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाको वडा नं.– ९ मा पर्ने कालै क्षेत्र र सोरुकोट जोड्न पुल जीर्ण बनेपछि स्थानीयलाई समस्या भएको छ । जीर्ण अवस्थाको पुल मर्मत नहुँदा वर्षो देखि स्थानीयवासी आवतजावतमा सास्ती व्यहोर्नु परेको छ ।
बिजनेसको पर्खाइमा प्रदेश सभा
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको महिना दिन बितिसक्यो । मन्त्रिपरिषद्ले पूर्णता पाइसक्यो तर प्रदेश सभा बिजनेसको पर्खाइमा छ । माघ ६ यता प्रदेश सभा बैठक बसेको छैन ।
विवाह गर्न वडाको सिफारिस
कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो । पालिकाका छवटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
अनेरास्ववियुुमा हुम्लाबाट तीन केन्द्रीय सदस्य निर्वाचित
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशनबाट हुम्लाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनमा भएको निर्वाचनबाट उहाँहरू निर्वाचित हुनुभएको हो ।
लामा समुदायका महिलाको नाच ठाइकोर
हिमाली भेगका लामा समुदायका महिलाले परम्परगत पोसाक र गरगहना लगाएर नाच्ने नाच हो, ठाइकोर । विशेष पर्व र मेलामा गाउँभरिका महिला मिलेर यो नाच नाच्ने गर्छन् । सिमकोट गाउँपालिका–३ की छपा
सामाजिक न्यायमा दलित महिलाको पहुँच कम
भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा राज्यमन्त्री उर्मिला विश्वकर्माले सामाजिक न्यायमा दलित महिलाको पहुँच निकै कम भएको बताउनुभएको छ । राज्यमन्त्री विश्वकर्माले दलित महिला सङ्घ सुर्खेतद्वारा बिहीबार आयोजित ‘सामाजिक
दरबन्दी छ, छैनन् कर्मचारी रजनी योगी
कर्णाली प्रदेश लोकसेवा आयोगमा ४५ जना कर्मचारीको दरबन्दी छ तर अहिले कार्यालयमा ३० जना मात्रै कार्यरत छन् । प्रदेशमा आवश्यक कर्मचारी जनशक्ति सिफारिस गर्ने निकाय प्रदेश लोकसेवा आयोग आफैँ कर्मचारी अभावमा छ । आयोगमै १५ दरबन्दी रिक्त छन् ।
‘कर्णाली उत्सव’आजदेखि
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आजदेखि सुरु हुने भएको छ ।
समृद्धि हासिल गर्नु सरकारको मुख्य कार्यभार हाे: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान, भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन स्थापित गर्दै सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य कार्यभार रहेका बताउनुभएको छ । बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले मुख्यत चार वटा राष्ट्रिय कार्यभारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
जुम्लामा दुर्घटना हुँदा एकको मृत्यु पाँच घाइते
जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
‘कर्णालीको मुख्य शत्रु गरिबी’
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य शत्रु गरिबी भएकाले यसको न्यूनीकरणका लागि सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ। मुख्यमन्त्री शर्माले कर्णालीका विकट भू–भागलाई सडक पहुँच मार्गले जोडेर रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो। उहाँले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमद्वारा बुधबार मुसीकोटमा आयोजित पत्रकार सम्मेलनमा कर्णालीलाई बेरोजगारमुक्त प्रदेश बताउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लालपुर्जा विहीन हुम्लाको मासपुरवासी
जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ को मासपुर गाउँमा स्थानीयको हातमा पच्चीस वर्षदेखि लालपुर्जा पर्न सकेको छैन । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा नपरेको पाइएको हो ।
रारा आउन छाडे पाहुना चरा
रारातालमा हरेक वर्ष आउने साइबेरियन चरा पछिल्लो समय घट्दै गएको छ। जलवायु परिवर्तनका कारणले रारातालमा साइबेरियन चरा आउन छाडेको जानकारहरू बताउँछन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालय रारा हुटुका अनुसार पानीमा खेल्ने ४९ प्रजातिका साइबेरियन अन्डिया जातका चरा हिउँदको समयमा बसाइँसराइ गर्थे।
जाजरकोटका ७७ जना वडाध्यक्षलाई तालिम
जाजरकोटका सात वटै पालिकाका ७७ वडाध्यक्षहरूका लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको समन्वय र जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा समन्वयको हलमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।