• ६ जेठ २०८१, आइतबार

डोल्पामा माटोले पुरिएर दुई कामदार घाइते

blog

बिष्णुप्रसाद देवकोटा
डोल्पा, फागुन ७ गते । 
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान रसीस्थित माझगाउँभित्र झोलङ्गे पुल बनाउने क्रममा माटोमा पुरिएर जाजरकोट जिल्ला नलगाड नगरपालिका–५ का दुई युवा घाइते भएका हुन् ।

घाइते हुनेमा नलगार्ड नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र शाही र २१ वर्षीय बद्री शाही हुनुहुन्छ । दुवै जनालाई स्थानीयवासीले माटोबाट निकालिएको घाइतेका आफन्त लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

घाइते एक जनाको खुट्टामा फलामको छड छिरेको र अर्का एक जनाको खुट्टा पूरै पिसिएको शाहीले बताउनुभयो । घाइतेलाई लिन त्रिपुरासुन्दरी नगरपालिकाबाट एम्बुलेन्ससहित प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।