• ८ पुस २०८१, सोमबार

अनेरास्ववियुुमा हुम्लाबाट तीन केन्द्रीय सदस्य निर्वाचित

blog

राजन रावत

हुम्ला, फागुन ५ गते  । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशनबाट हुम्लाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनमा भएको निर्वाचनबाट उहाँहरू निर्वाचित हुनुभएको हो । 

यसरी अनेरास्ववियुुको महाधिवेशनबाट निर्वाचित हुनेमा कर्णालीबाट आदिवासी जनजाति केन्द्रीय सदस्यमा छक्क लामा र  केन्द्रीय सदस्य कर्णाली प्रदेशका लागि जयराज सन्ज्याल र हिक्मतजङ् खड्का रहनुभएको छ । 

निर्वाचनमा खड्काले ४२४ मत, लामाले एक हजार ८७ मत र सन्ज्यालले ८२ मत प्राप्त गर्नुभएको थियो । सन्ज्याल अनेरास्ववियुुको हुम्ला जिल्लाका सदस्य समेत हुनुहुन्छ । अनेरास्ववियुको महाधिवेशनबाट यति धेरै केन्द्रीय सदस्य हुम्ला जिल्लाबाट निर्वाचित भएको पहिलो पटक हो । महाधिवेशनका लागि हुम्लाबाट नौ जना केन्द्रीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।