• २८ मङ्सिर २०८२, आइतबार

कांग्रेस बाजुराद्वारा १३ जना उम्मेदवारको नाम सिफारिस

blog

बाजुरास्थित नेपाली कांग्रेसको कार्यालय । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, मङ्सिर २८ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले गत शुक्रबार आफ्ना सम्पूर्ण पदाअधिकारी तथा सदस्यहरूको आम भेला गरी  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरादेखि प्रतिनिधि सभाका लागि छ जना समानुपातिकमा पाँच र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफारिस गरिएको हो ।

जसमा रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजङ्ग बम गुरुदेव केसी सुमन र योगेन्द्र रावल गरी छ जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले जनाएको छ ।

यसैगरी, निर्मलाकुमारी रावल कार्की, विद्यादेवी तिमिल्सेना, महाँ नेपाली, राधिका सिंह र सुनिता गुरुङ गरी पाँच जनाको समानुपातिकका लागि सिफारिस गरिएको छ । त्यस्तै, देवराज जोशी र खम्बहादुर खाती गरी दुई जनाको राष्ट्रिय सभाका लागि सिफारिस गरिएको कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सभापति रामसिंह रावलले बताउनु भयो ।

उहाँले भन्नु भयो, “हामीले ठोस रूपमा एक जनाको नाम मात्र केन्द्रमा पठाउने गरी नेपाली कांग्रेसका पदाधिकारी तथा सबै सदस्यहरूको जिल्ला भेला गरिएका थियौँ । त्योे भेलामा धेरै जना आकाङ्क्षी देखिएपछि अहिले ती सबैको सिधैं केन्द्रमा सिफारिस गरिएको हो ।”

हामीले यतादेखि प्रतिनिधि सभामा छ जना र समानुपातिकमा पाँच र राष्ट्रिय सभामा दुई जना गरी १३ जनाको नाम सिफारिस गरिएर केन्द्रमा पठाएको सभापति रावलले बताउनुभयो ।