गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २५ गते । नेपाल भाषाका शिक्षाविद् विष्णु चित्रकारको ‘थः व कतः’ शनिबार काठमाडौँमा विमोचन गरिएको छ । शिक्षाविद् हितकर वीर कंसाकारको अध्यक्षतामा नेपाल भाषा आन्दोलनका अग्रज मल्ल के सुन्दर, नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, थिमि नगरपालिकाका पूर्वमेयर विष्णु श्रेष्ठलगायतले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।
कार्यक्रममा व्याकरणसम्बन्धी पुस्तक भएकाले यसले नेपाल भाषा सिक्न र सिकाउन अति उपयोगी हुने कंसाकारले बताउनुभयो । व्याकरणविद् चित्रकारलगायतले नेपाल भाषाका लागि धेरै काम गरिसक्नुभएको मल्ल के सुन्दरको भनाइ थियो ।