स्रोत जुटाउनुपर्ने चुनौती छ
नेपाली भाषा र संस्कृतिको उद्गम स्थल, खस सभ्यता केन्द्र र खस राज्यको राजधानी मानिन्छ, जुम्लाको सिँजा । ऐतिहासिक महत्वको सिँजा क्षेत्रमा पर्ने हिमा गाउँपालिका भाषिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धनी छ । १३२.३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकाको जनसङ्ख्या १२ हजार ६१२ र जनघनत्व प्रतिवर्गकिलोमिटर ८३ जना मात्रै छ । दुर्गम तर प्राकृतिक रूपमा धनी यो गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही राष्ट्रिय गाउँपालिका महासङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । अध्यक्ष शाहीसँग गोरखापत्रका नेत्र शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
डोल्पामा वन अधिकृतले गरे कानुन विपरीत १५ लाख भुक्तानी
डिभिजन वन कार्यालय डोल्पाले बिना प्रतिस्पर्धा एक परामर्शदातालाई १५ लाख रुपियाँ भुक्तानी गरेको पाइएको छ । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत महेश कुमाईंको आन्तरिक मिलेमतोमा आफन्त नाता पर्नेको फर्मलाई बिना प्रतिस्पर्धा १५ लाख भुक्तानी गरेको पाइएको हो ।
कर्णालीलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने
कर्णाली प्रदेशलाई आगामी भदौमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने भएको छ । कर्णाली प्रदेशका १० जिल्लालाई पूर्ण खोपयुक्त घोषणा भएपछि अब प्रदेश घोषणाको तयारी थालिएको हो ।
विद्यालयमा छैन दरबन्दी, स्थानीय तह शिक्षक राख्दै
कालीकोटको महाबै गाउँपालिका–६ स्थित चन्द्रादेवी माविमा १३ जना शिक्षक छन्। तीमध्ये एक जना मात्र दरबन्दीका स्थायी शिक्षक छन्। १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजी स्रोतका तीन जना र बाल विकास केन्द्रका एक जना छन्। प्रधानाध्यापक धर्मराज शाहीले स्थायी दरबन्दीका शिक्षक नहुँदा पठनपाठन प्रभावकारी बन्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रावि तहमा मात्र एउटा दरबन्दी छ, निमावि र माविमा त एउटै छैन। यस्तो अवस्थामा सोचे जस्तो पठनपाठन कसरी हुन्छ ?” कालीकोटमा दरबन्दीका शिक्षकबिनै
रकम लुटेको आरोपमा वडाअध्यक्ष पक्राउ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत पैँतीस सय भन्दा बढी विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
एक सय सैँतीस महिला घरमै सुत्केरी
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला स्वास्थ्य उपचार सेवाको दृष्टिले निकै सुगम मानिन्छ। प्रदेश अस्पतालसहित दुई वटा ठुला सरकारी अस्पताल, ४७ वटा स्वास्थ्य चौकी, ४५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २५ वटा प्रयोगशाला रहेका छन्। कुल ९९ वटा वडा रहेको सुर्खेतमा स्वास्थ्य संस्था नभएको वडा छैन। एक वटा एक स्वास्थ्य संस्था रहेका छन् तर आर्थिक वर्ष २०७९/८० मा १३७ जना महिला घरमै सुत्केरी भएको पाइएको छ। स्वास्थ्य संस्थामा सुरक्षित रूपमा प्रसूति गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि प्रदेश राजधानी भएको जिल्लामा समेत त्यो जनचेतना पुग्न सकेको छैन। जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले १३७ जना महिला घरमै सुत्केरी भएको देखाएको छ।
बर्सातमै खानेपानीको चरम सङ्कट
हिउँदमा खानेपानीको सङ्कट भोग्दै आएका वीरेन्द्रनगरवासीले वर्षाको समयमा समेत पानी अभाव झेल्नुपरेको छ। पछिल्ला दिनमा नियमित बर्सात भइरहेको छ। तथापि वीरेन्द्रनगरवासीको धारामा पानी झरेको छैन। वीरेन्द्रनगर नगरपालिका–१ की लीला खड्काले खानेपानीको अभाव थप चुलिएको बताउनुभयो। उहाँका अनुसार गर्मीयाममा छ दिनको एक पटक पानी आउने गरेको थियो। १० दिनदेखि धारामा खानेपानी आएको छैन।
सीमान्तकृत वर्गलाई सचेतना
जाजरकोटका लोपोन्मुख तथा सीमान्तकृत वर्गलाई अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ। नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिकाका विभिन्न स्थानमा रहेका सीमान्तकृत वर्गका लागि क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिएको छ। सीमान्तकृत वर्गका माझी, गन्धर्व, बादी, मुक्त हलिया समुदायका सर्वसाधारणले राज्यले दिने सेवा सुविधा पाउन नसकेकाले मूलधारमा ल्याउन सचेतना अभिवृद्धि तथा अभिमुखीकरण गरिएको जनाइएको छ।