• ८ पुस २०८१, सोमबार

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

blog

अत्याधिक रक्तश्राप भएकी महिलाको हेलिकोप्टरबाट उद्धार गरियो। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट माघ २७ गते। जिल्ला अस्पताल कालीकोटबाट एक जना सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो। 

उहाँलाई थप उपचारका लागि हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ। 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चा भन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तस्राव भएपछि  जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताउनुभयो। 

उहाँलाई तत्काल अप्रेसनपछि बच्चालाई आइसियु मा राख्नुपर्ने भएकाले उद्धार गरिएको अस्पतालले जनाएको छ।