• १३ साउन २०८१, आइतबार

किसानलाई स्याउका बोट बितरण

blog

किसानलाई स्याउका बोट बितरण गरिदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, माघ २७ गते । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले अगुवा किसानलाई स्याउको बोट बितरण गरेको छ । ब्यवसायिक स्याउ खेती गर्न गाउँपालिकाको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा बितरण गरेको हो । 

गाउँपालिका अध्यक्ष लालकेश जैसीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत गाउँपालिका –३ को तोली, बँदेल चौर, दलितबाडा रोकाया गाउँ किसानलाई पाँच हजार र सफल कृषक, कृषि समुह उद्यमी कृषक जसले खाल्डो खनेर तयारका किसानलाई चार हजार बिरुवा गरी नौ हजार स्याउका बोट अनुदानमा बितरण गरिएको बताउनुुभयो । 

कम्तीमा एउटा किसानलाई तीसदेखि डेढ सय बोट प्रदान गरिएको छ । यसअघि उक्त गाउँपालिकामा स्याउ खेती बिरलै गरिने भए पनि अब स्याउ खेतीको सम्भवना बढी भएको पाइएपछि फर्ममा स्याउ खेती गर्ने लक्ष गाउँपालिकाले लिएको छ । 

उहाँले अब गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिसकेका कारण फलफुुल खेती जीवनयापनको मुख्य आधार भएकाले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । फलफुल खेती बिशेषगरी स्याउ र ओखर उत्पादन गर्न सके उक्त गाउँपालिकामा आएका गाडीहरु खाली पठाउनु पर्ने अबस्था नरहने स्थानीयको बुझाई छ ।