• १३ साउन २०८१, आइतबार

जुम्लामा आगलागी हुँदा बालिकाको जलेर मृत्यु

blog

आगलागी भएको घरको अवस्था । तस्बिर नेत्र शाही

नेत्र शाही 

जुम्ला, माघ २४ गते । जुम्लामा घर आगालागिबाट जलेर एक वालिकाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगलागी हुँदा १४ बर्षीया छोरी वन्दना भण्डारीको जलेर मृत्यु भएको हो । 

गए राति राति करिब साढे १० बजेतिर भएको आगलागीबाट ३ कोठे घर पूर्ण क्षति हुनुका साथै १४ बर्षीया भण्डारीकी छोरीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले उक्त घरमा सासु, श्रीमती सहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरू घर बाहिर निस्कन सफल भएका तर ती वालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् । घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ । ढुङ्गा र काठले वनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ । 

उक्त घटनामा लोकबहादुर भण्डारीको खुट्टामा केही जलेको र जलेर मृत्यु भएकी वालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लिइएको प्रहरीले जनाएको छ । स्थानीय देवेन्द्र आचार्यका अनुसार सुत्ने समयमा भएकाले अरू मानिसहरूलाई जानकारी ढिला भयो । पछि त्यहाँ पुग्दा करिब घर धेरै जलिसकेको अवस्था थियो ।