• ८ पुस २०८१, सोमबार

गाडी बिग्रिएपछि हिउँ पन्छाउने काम रोकियो

blog

राजन रावत

हुम्ला, माघ १२ गते । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउने काम रोकिएको छ । विमानस्थलको हिउँ पन्छाउन व्यवस्था गरिएको गाडीमा आधा हिउँ पन्छाउने काम भइरहेका बेला समस्या देखिएपछि हिउँ फाल्ने काम अधुरो रहेको हो ।

तारा एयर सिमकोट स्टेसनका सहायक इन्चार्ज नुर्वु लामाले विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य रोकिएको बताउनुभयो । उहाँले विमानस्थलमा जमेको आधा हिउँ फालेर सकिएकाे बेला गाडीमा समस्या आएपछि हिउँ फाल्ने काम रोकिएको जानकारी दिनुभयो । 

दुई दिन लगातार हिमपात हुँदा विमानस्थलमा दुई फिट हिउँ जमेको थियो । उहाँले हिउँ पर्न रोकिएपछि विमानस्थलले हिउँ फाल्न व्यवस्था गरेको गाडीबाट विमानस्थलमा जमेको आधा हिउँ पन्छाउँदै गर्दा गाडी बिग्रिएपछि समस्या भएको छ । 

सिमकोट विमानस्थलले गाडीमा समस्या देखिएपछि हिउँ पन्छाउने काम आधामै रोकिएको जनाएको छ । विमानस्थलका कर्मचारीका अनुसार बाँकी रहेको विमानस्थलको हिउँ फाल्न पाएको भए शुक्रबारसम्म हवाई सेवा सुचारु हुनसक्ने अवस्था थियो ।