काठमाडौँ, जेठ २५ गते । हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ ।
लिगको आफ्नो अन्तिम खेलमा टाइम्सले हाउन्डस् लाई ९२–६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्ने छ ।
हाउन्ड यसअघि पहिलो चरणमा व्यहोरेको हारको बदला समेत लिएको टाइम्सले हाउन्डस् समान नै १७ अङ्क जोडेको थियो । दुवैले १० मध्ये समान सात खेल जित्दा तीन खेलमा हार बेहोरेको थियो ।
यसअघि हाउन्डस्ले टाइम्सलाई ७५–७१ ले पराजित गरेको थियो भने आजको खेलमा टाइम्स २५ अङ्क अन्तरले विजयी भयो । दुई टिमको अङ्क बराबर भएको अवस्थामा हेड टु हेडमा धेरै अङ्क जोडेकोले टाइम्सले बाजी मारेको हो ।
हाउन्डस् भने अधिकांश समयम लिगको शीर्ष स्थानमा रहेपनि अन्तिम दुई खेलमा लगातार हारपछि अभागी बन्दै फाइनल पुग्न सकेन । यसअघि हाउन्डस् गोल्डेनगेटसँग पराजित भएको थियो ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउन्डस् टाइम्स विरुद्ध पहिलो क्वाटरमा २०–१९ को झिनो अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा पुनरागमन गर्दै ३१–२७ ले आफ्नो पक्षमा पारेपछि हाफटाइसम्म टाइम्सले ५०–४७ को अग्रता बनायो ।
तेस्रो क्वाटर टाइम्सले २१–१४ ले आफ्नो पक्षमा पारेपछि अन्तिम क्वाटरअघि नै ७१–६१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर टाइम्सले एकपक्षिय रूपमा २१–६ ले आफ्नो पक्षमा पारेपछि फराकिलो जित हात पारेको हो ।
टाइम्सका मबिन्द्र भण्डारी मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । टाइम्सका लागि मनिष केसीले सर्वाधिक २७ स्कोर गर्नुभयो । हाउन्डसका सिमोन गुरुङले १७ स्कोर गर्नुभयो ।