अट्वारी पर्वमा दुई दिन बिदा
कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
संस्कृति संरक्षणमा जुर्मुराए कठरिया युवा
लोप भइरहेको कला, संस्कृति, भेषभूषाको संरक्षणमा कठरिया समुदायको युवा जुर्मुराएका छन् । नेपाल र छिमेकी राष्ट्र भारतका कठरिया समुदायको युवा लोप भइरहेको आफ्नो मौलिक संस्कृति, भेषभूषा संरक्षणमा जुटेका हुन् ।
गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : मन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानका आधारभूत तत्वहरुमा कुनै परिवर्तन नगर्ने गरी र गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ ।
५९ लाख मूल्यका सामान बरामद
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ् अटो वर्कशप नजिकैबाट सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार चार सय रुपियाँ बराबरको सामान बरामद गरेको छ ।
महाकाली नदीमा शव फेला
महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको हो ।
मानव र डल्फिनबिच सहअस्तित्वको सम्बन्ध
थारू समुदायका केही जलहारी माछा मार्दै छन् । पथरैया र गैरी खोलाको दोभानमा उनीहरूले पालैपालो जाल हान्दा विश्वमै दुर्लभ डल्फिन भने उफ्रिँदै रमाइरहेका छन् । माछा कहिले जलहारीको जालमा त कहिले डल्फिनको मुखमा परिरहेका थिए । लोभलाग्दो यस्तो दृश्य कैलालीको डल्फिन क्षेत्रमा देखिएको हो ।
गिट्टी कुट्ने रहर होइन बाध्यता
बाजुराको सदरमुकाम मार्तडीनजिकै छ, बाहुलीखोला । त्यही बाहुलीखोलाको किनारमा सधैँ भेटिनुहुन्छ, बाजे र नातिनी । उहाँलाई पसिनाले शरीर पूरै भिजाएको हुन्छ । बुढा बाजेलाई घाम छेक्न नातिनीले छाता ओढाइदिन्छिन् । उहाँहरू नौलो मान्छे देख्दा केही खानेकुरा भए माग्नुहुन्छ । ७२ वर्षीय बुध्या लोहार र उहाँकी नातिनी बाउली खोलाको किनारमा गिट्टी कुट्नुहुन्छ । जीवनको उत्तरार्धमा लोहारले झेलिरहेको सास्ती कहालीलाग्दो छ । ७२ वर्षको बुढो शरीर र त्यसमाथि ढुङ्गा गिट्टीको काम । भोको पेटमै उहाँ बिहान ६ नबज्दै गिट्टी कुट्न बाहुली खोला किनार पुग्नुहुन्छ । हातमा सानो हतौडा, एउटा लट्ठी, साथमा नातिनी र हातमा छाता बोकेर गिट्टी कुट्न हरेक बिहान बाहुली खोलाको किनारमा पुग्ने र साँझ घर फर्कने बुध्या लोहारको दैनिकी हो ।
आयआर्जनबाट ग्रामीण महिलाको परिवार व्यवस्थित
परम्परागत खेतीपाती र घरको काममा मात्रै सीमित हुने ग्रामीण क्षेत्रका महिलाले व्यवसाय गरेर आयआर्जन गर्न थालेका छन् । महिलाले घरमै बसेर कमाइ गर्न थालेपछि आर्थिक र परिवार दुवै व्यवस्थित हुन थालेका छन् । टीकापुर नगरपालिका–६, लक्षिनापुरकी रामकृष्णी चौधरी ठेलागाडामा फलफूल बेच्नुहुन्छ । घरनजिकै फलफूल बेचेर भएको आम्दानीबाट १२ कक्षा पढ्दै गरेकी छोरीको पढाइखर्च र घरखर्च चलेको छ । जमिनका नाममा घरबास मात्रै भएकाले उहाँले परिवारको खानाखर्च र छोरीको पढाइखर्च जुटाउनु पर्छ । “दैनिक एक हजारदेखि सिजनमा १० हजार रुपियाँसम्मको बिक्री हुने भएकाले परिवारको खर्च चलेको छ,” रामकृष्णी भन्नुहुन्छ, “मैले छोरीको पढाइ, घरखर्च कमाएर घर कुर्ने भएपछि श्रीमान् कहिले भारत त कहिले गाउँमै फर्केर मजदुरी गर्नुहुन्छ ।
करेन्ट लागेर मजदुरको मृत्यु
कैलालीको धनगढीमा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–६ का ३२ वर्षीय चन्द्रे चौधरीको ज्यान गएको हो ।
२१ वटा आइफोनसहित एक प्रकाउ
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडका राजु चौधरी २१ वटा आइ–फोन (मोबाइल) सहित पक्राउ परेका छन् ।
सर्पले टोकेर बालकको मृत्यु
कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाजुराको अर्गानिक स्याउ बजारमा
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ यती बेला बिक्रीका लागि बजारमा लगिएको छ ।
अपायकमा बनेको विकास भौतिक संरचना प्रयोगविहीन
कृषि हाटबजारका लागि तीन वर्षअघि निर्माण भएका संरचना अझै पनि प्रयोगमा आउन सकेका छैनन् ।जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडनजिक बनेको कृषि बजारका लागि बनाइएका भौतिक संरचना स्थानीयको पायक पर्ने ठाउँमा नभएपछि ती संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
सहमति नपाउँदा बनेन पुल
महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न भारत सरकारको सहमतिका लागि स्थानीयवासी ११ पटक परराष्ट्र मन्त्रालय पुगेका छन् तर पनि सहमति प्राप्त हुन सकेको छैन । आठ वर्षअघि नै झोलुङ्गे पुलको विस्तृत अध्ययन प्रतिवेदन तयार भए पनि भारतको सहमतिका लागि पहल नहुँदा पञ्चेश्वरस्थित महाकाली नदीमा पुल बन्न नसकेको हो ।
कटुवा पेस्तोलसहित युवक पक्राउ
प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरीको आरटीआई टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका २१ वर्षीय वीरेन्द्र रानालाई पक्राउ गरेको हो ।
बाँधले जोगियो लालबोझी
कान्द्रा नदीबाट बर्सेनि कटान र डुबान समस्या झेल्दै आएको लालबोझीको बाढी प्रभावित क्षेत्र यस वर्ष ठुलो क्षति हुनबाट जोगिएको छ । तटबन्धसहितको बाँध बनेपछि कैलालीको भजनी नगरपालिका–५ मा रहेको लालबोझीले यस वर्ष कटान समस्या भोग्नु नपरेको हो । सो क्षेत्रमा हुलाकी राजमार्गसमेत कटान भएपछि सङ्घीय सरकारको लगानीमा सडक डिभिजन कार्यालयमार्फत तटबन्धसहितको बाँध बनिरहेको छ । बाँध निर्माणको काम अझै पूरा नभए पनि यस वर्ष लालबोझीको बड्का पुरुवावासीले भने ठुलो राहत महसुस गरेका छन् ।
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस : ‘गिद्धका सङ्ख्यामा कमी आउँदा हैजाका बिरामी बढे’
गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना गरेको हो ।
सर्पदंशबाट बालकको मृत्यु
कैलालीमा सर्पदंशबाट आइतबार राती एक बालकको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकको पाँच वर्षीय छोरा अरुणको ज्यान गएको हो ।
भावर बने सहर, इजर बने उजाड
इजरिया भावरिया काँधमा बौसिया कर्महारा गरिबको मन भने हौसिया ! कुनै बेला पहाडमा कोदालो (‘इजरिया’ बौँसो) ले पाखोबारी खन्दा पनि वर्ष दिन खान नपुग्ने गरिब घरपरिवार तराई (भावर) झर्थे । पछिल्लो समय भावर बसाइँ सर्नेमा मध्यम वर्गदेखि नेता, जनप्रतिनिधि र निजामती कर्मचारीको सङ्ख्या बढेको छ । पहाडका इजर (पाखोबारी) भने बाँझो हुँदै गएका छन् । बसाइँसराइका कारण पहाडी जिल्ला बैतडीको जनसङ्ख्या हरेक वर्ष ऋणात्मक हुँदै गएको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको थियो । २०७८ को जनगणना हुँदा छ हजार ४९८ जनसङ्ख्या घटेर दुई लाख ४४ हजार चार सयमा झरेको छ । तथ्याङ्क अनुसार पहाडी जिल्ला बैतडीको वार्षिक जनसङ्ख्याको ह्रास दर ऋणात्मक (–०.२५ प्रतिशत) छ ।
झाडा पखालाबाट बाँकेमा एकै दिन चारजनाको मृत्यु
बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ ।
समिट एयरले पहाडी जिल्लामा उडान नियमित गर्ने
समिट एयरले सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा भोलिदेखि उडान नियमित गर्ने भएको छ । सो एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान नियमित गर्ने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।
दुर्घटनामा चालकको मृत्यु
कैलालीमा रोकेर राखेको ट्रकमा गए राति मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका –१ स्थित ६ लेन सडकमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
ग्रामीण सडक मर्मत नहुँदा सास्ती
बर्खाका बेला ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण असारदेखि अवरुद्ध सडक सञ्चालनमा आउन सकेका छैनन् । लामो समयदेखि सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ तथा सामान ढुवानीमा समस्या भएको छ । हिउँदमा नियमित सुचारु हुँदै आएका ग्रामीण सडक बर्खाको समयमा अवरुद्ध बन्ने गरेका छन् । सडक मर्मत तथा सफाइ गरी सञ्चालनमा ल्याउने प्रयास भने गरेको देखिँदैन । सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका–१, काँडाका स्थानीय प्रेम सार्कीले बताउनुभयो ।
थारू समुदायद्वारा हरेरी पूजा गरिँदै
खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।