• १६ भदौ २०८१, आइतबार

समिट एयरले पहाडी जिल्लामा उडान नियमित गर्ने

blog

धनगढी विमानस्थल ।

अविनाश चौधरी

धनगढी, भदौ १६ गते । समिट एयरले सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा भोलिदेखि उडान नियमित गर्ने भएको छ । सो एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान नियमित गर्ने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

केही वर्षअघि पनि समिट एयरले पहाडी जिल्लामा उडान सुरु गरेको थियो । तर नियमित हुन सकेन । यसअघि उडान प्रभावित भए पनि समिट एयरले अब दुई जिल्लामा नियमित उडान गर्ने तयारी रहेको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार हप्ताको दुई दिन सोमबार र बिहीबार उडान हुनेछ । 

नेपालगञ्ज–हुम्लाको सिमकोट उडान भरेर जहाज धनगढी आउने जनाइएको छ । धनगढीबाट बझाङ पुगेर फेरि धनगढी फर्कनेछ । त्यसपछि धनगढी–साँफे उडान भर्ने जनाइएको छ ।