• १७ भदौ २०८१, सोमबार

कटुवा पेस्तोलसहित युवक पक्राउ

blog

अविनाश चौधरी
धनगढी, भदौ १७ गते ।
प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरीको आरटीआई टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका २१ वर्षीय वीरेन्द्र रानालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटास्थित बिस्कुट फ्याक्ट्री नजिकबाट रानालाई पक्राउ गरेको छ । राती शङ्कास्पद् अवस्थामा हिँडिरहेका रानालाई प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथमा कटुवा पेस्तोल भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा राखिएको छ ।