• १७ भदौ २०८१, सोमबार

करेन्ट लागेर मजदुरको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, भदौ १७ गते । कैलालीको धनगढीमा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–६ का ३२ वर्षीय चन्द्रे चौधरीको ज्यान गएको हो । चौधरीले धनगढी उपमहानगरपालिका–५ तारानगरमा गोपीकृष्ण जोशीको घर निर्माणको क्रममा करेन्ट लागेको जनाइएको छ । 

प्रहरीका अनुसार घर निर्माणको क्रममा भाइब्रेसन मेसिन चलाउने क्रममा उहाँलाई करेन्ट लागेको थियो । घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लग्दा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिनुभयो ।