• ११ असार २०८२, बुधबार

स्रष्टाको साधनाले नेपालको साहित्यिक र सांस्कृतिक बाँचेको छ : मन्त्री पाण्डे

blog

। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे ।

काठमाडौँ, असार ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत् प्रदान गरिएका दीर्घ साधना राष्ट्रिय पुरस्कारलाई दुई पुस्ताका स्रष्टाहरूलाई समर्पित ऐतिहासिक सम्मानका रूपमा वर्णन गरेका गर्नुभएको छ। 

बुधबार राष्ट्रपति कार्यालयमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ को अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उक्त कुरा उद्घोष गर्नुभएको हो। 

नौ जना स्रष्टालाई राष्ट्रिय सम्मान प्रदान गर्दै उहाँले भन्नुभयो, “यहाँहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ। अब हामीले विदेशी भाषाका गीत सुन्ने बाध्यता हटाएर आफ्ना शब्द, स्वर र सङ्गीतको त्रिवेणीलाई विश्वभर गुञ्जयमान बनाएका छौं।” मन्त्री पाण्डेले लामो साधना र निरन्तर अभ्यासबाट खारिएका स्रष्टाहरूबाटै राष्ट्रको सांस्कृतिक धरोहरको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो अभौतिक संरचना हस्तान्तरण गर्नुपर्ने सन्देश यस कार्यक्रममा प्रस्ट रूपमा आएको छ।”

राष्ट्रपतिको समउपस्थितिमा प्रदान गरिएका सम्मान राष्ट्रले आफ्नो पहिचान, सम्पत्ति र पूँजीप्रति गरेको आदरको प्रतीक भएको मन्त्री पाण्डेको भनाइ थियो। उहाँले प्रतिष्ठान, संस्थान र भाषा आयोगले गरिरहेका कदरको प्रशंसा गर्दै स्रष्टाहरू समाजको नायक र राष्ट्रिय पहिचानको वाहकका रूपमा चित्रण गर्नुभयो।