खरमुजुरको वासस्थान व्यवस्थापन
सुदूरपश्चिम प्रदेशमा दुर्लभ खरमुजुर (बेङ्गाल फ्लोरिकन) को वासस्थान व्यवस्थापन गरिएको छ । लोपोन्मुख खरमुजुरको संरक्षण गर्ने उद्देश्यले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न सामुदायिक वनमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको हो । त्यसलाई संरक्षण पनि गर्ने जनाइएको छ । युएसआइडी जल, जङ्गल (बायोडाइभर्सिटी) परियोजनाको आर्थिक सहयोगमा निकुञ्ज कार्यालय र नेपाल पन्छाी संरक्षण सङ्घ (बिसिएन) ले खरमुजुरको वासस्थान व्यवस्थापन गरेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ मा रहेको घाँसे मैदान र निकुञ्जबाहिरका सामुदायिक वन गरी १५० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन भएको बिसिएनका फिल्ड अधिकृत हिरूलाल डङ्गौराले जानकारी दिनुभयो ।
वडाले जग्गा बाँझो राख्न नदिने
गाउँमा खाद्य सङ्कट निम्तिन थालेपछि वडा कार्यालयले पर्यावरणीय सन्तुलन कायम गरेर जीविकोपार्जन गर्न सामुदायिक नीति, २०८१ जारी गरेर बाँझो जग्गा उपयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । मेलौली नगरपालिका–९, विशालपुरले वडामा खाद्य सङ्कट निम्तिएपछि सामुदायिक नीति घोषणा गरेर बाँझो जग्गा उपयोग गर्ने, जलवायु अनुकूलन खेती गर्न रैथाने मूल बिउ जोगाउने, खानेपानीका मुहानमा सिमेन्टको प्रयोग नगर्ने, पर्यावरण जोगाउन रिचार्ज पोखरी निर्माण, पशुपालनका लागि घाँस खेती गर्ने र वातावरण जोगाउन पाँच हजार वृक्षरोपण गर्ने नीति सार्वजनिक गरेको छ । केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवारले कोदो खेती गर्दै आएकामा अहिले जम्मा ६० परिवारले मात्रै कोदो खेती गरेका छन् ।
सुती कपडा उद्योग बन्द
सुती कपडा बुन्ने उद्योग बन्द भएपछि कपडा बुन्ने बनारसी तान सङ्कटमा परेका छन् । उद्योगको घर जीर्ण अवस्थामा पुगेको छ । भवनभित्र रहेका २२ वटा तान अलपत्र अवस्थामा कुनामा फालिएका छन् । तत्कालीन राजा वीरेन्द्रले जिल्ला भ्रमणका क्रममा मेलौली नगरपालिका–१, गोरखपुरमा सुती कपडा उद्योग लिमिटेड स्थापना गरी सर्वसाधारणलाई एक वर्षको कपडा बुन्ने तालिम दिने गरी प्रशिक्षकसमेत खटाउनुभएको थियो । उत्पादित वस्तुको बजारीकरणको जिम्मासमेत सरकारले लिएको थियो ।
रासायनिक मलमा फरक मूल्य
कृषि सामग्री कम्पनीले सहुलियतमा सहकारीलाई उपलब्ध गराएको रासायनिक मल सहकारीले फरक फरक नाफा राखेर बिक्री गरिरहेका छन् । सहकारीपिच्छे फरक फरक मूल्य छ । मूल्य फरक भएपछि महँगो मूल्य लिने सहकारीबाट आफूहरू ठगिएको किसानको गुनासो छ । सहकारीले कृषि सामग्री कम्पनीबाट युरियाको ५० किलोको बोराको ९३६ रुपियाँ ५० पैसाका दरले ल्याएर उपभोक्तालाई एक हजार एक सयदेखि एक हजार दुई सय रुपियाँसम्म लिएर बेच्ने गरेका छन् । सहकारीले खरिद मूल्य ९३६ रुपियाँ ५० पैसामा ढुवानी भाडा, लोड अनलोड भाडा जोडेर मूल्य निर्धारण गरी बेच्ने गरेका छन् । कम्पनीले प्रतिटन चार सय रुपियाँ बिक्रेता छुट दिने गरेको छ ।
बिरुडामा वर्णन गरिने सिलङ्गो सङ्कटमा
‘सिलङ्गो फुले जस्तै फुल्नू दुबो जस्तै फैलिनू, हिमालमा हिउँ छउन्जेलसम्म जिउनू’ गौरा पर्वमा बिरुडाको प्रसाद (पञ्च अन्न) बाँड्ने बेला आशिष वचनमा उच्चारण गरिने लोपोन्मुख वनस्पति सिलङ्गो संरक्षण नहुँदा सङ्कटमा परेको छ । दशकअघि जिल्लाका अधिकांश ठाउँमा पाइने सिलङ्गो पछिल्लो समय जलवायु परिवर्तन र जथाभाबी सडक निर्माणले सङ्कटमा परेको छ । सिलङ्गो नेपालमा मात्रै पाइने सधैँ हरियो पात रहिरहने लोपोन्मुख वनस्पति हो । बाह्रै महिना हरियो पातको छाया र सुवास दिने सिलङ्गो सुदूरपश्चिमतिर आशीर्वादसँग जोडिएको महत्वपूर्ण बिरुवा हो । यो बिरुवा काट्नु हुँदैन भन्ने धार्मिक मान्यता छ । चैतदेखि जेठसम्म फुल्ने सिलङ्गोको मन्त्रमुग्ध पार्ने बास्ना कोसौँ टाढासम्म पुगेर सुवास फैलाउँछ ।
बजेट शून्यताले अस्पतालमा औषधी अभाव
सुदूरपश्चिम प्रदेश सरकारमा बजेट शून्यता हुँदा त्यो प्रभाव जिल्ला अस्पताल बाजुरामा परेको छ । सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा पुगेपछि जिल्ला अस्पताल बाजुरामा बजेट अभावका कारण औषधी खरिद गर्न समस्या भएको हो । जिल्ला अस्पतालमा निःशुल्क पाइने सिटामोल झोल सकिएको हुँदा थप औषधी खरिद गर्न बजेट नहुँदा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. समिता पुनले बताउनुभयो । उहाँका अनुसार सबै खालका अत्यावश्यक औषधी भए पनि थप औषधी खरिद गर्न समस्या भएको बताउनुभयो ।
भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन ।
कर्णाली नदीमा बालिकाको शव फेला
कैलालीको लम्कीचुहा नगरपालिका–३ गोरङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा आज बालिकाको शव फेला परेको छ।
अनेरास्ववियू (क्रान्तिकारी) अछाममा नयाँ नेतृत्व
नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) अछामको ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मङ्गलसेनमा दुई दिन चलेको १५ औँ जिल्ला सम्मेलनबाट बिहीबार पङ्कज साउँदको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो ।
कानुनी व्यवस्था कायम गर्न प्रहरीको भूमिका अग्रणी : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानमा उल्लेखित कानुनी व्यवस्था कायम गर्न नेपाल प्रहरीले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
आश्रित महिला तथा बालबालिकालाई तिजकाे दर
सहर बजार तथा गाउँघरमा तिज रौनक छाएका बेला कैलालीको अत्तरियास्थित सेभ हाउसमा आश्रित महिला तथा बालबालिकाहरुले पनि रमाइलो गर्न पाएका छन् ।
दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक
नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताउनुभएको छ ।
जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु
कैलालीमा यसवर्ष जापनिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोडाघोडी नगरपालिका–५ र ६ का नौ वर्षीय बालक र ६० वर्षीय पुरुषको ज्यान गएको हो ।
सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिनुभएको छ । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”
सुरक्षित घर बनेपछि निर्धक्क
विगतमा बाढी र डुबानका कारण कैयौँ पटक विस्थापित हुनु परेका पुलियापुरवासी अहिले निर्धक्कले घरमा बस्न पाएका छन् । अग्लो सुरक्षित घर निर्माण भएपछि बाढीको बेला उनीहरू निर्धक्कले घरमै बस्न पाएका हुन् । अग्ला घर बनेपछि कैलालीको अति प्रभावित क्षेत्र भजनी नगरपालिका–५ को पुलियापुरवासीले ज्यान जोगाउन हुलाकी राजमार्गमा भाग्नुपर्ने बाध्यता टरेको छ ।
गरिखाने हात काटिएपछिको सकस
पतिपत्नी मिलेर सुन्दर जीवन जिउने सपना बुनेकी धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्काकी २५ वर्षीय डम्मरा शाहका दुवै हात काटिएपछि घर चलाउन सकस भएको छ । आर्थिक अवस्था कमजोर भएकाले घरखर्च चलाउन डेढ वर्षअघि उहाँले पतिलाई भारतको मुम्बई पठाएर आफू गोदावरीको गेटास्थित सुरत गुड मिलमा काम गर्न थाल्नुभयो ।
विशेषज्ञ कुरिरहेको विशिष्ट अस्पताल
सुदूरपश्चिम प्रदेशमा सङ्घीय सरकारमातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रूपमा सञ्चालित डडेलधुरा अस्पताल छ । सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा प्रदान गर्ने गरी स्थापित यस अस्पतालले विशेषज्ञ डाक्टर कुरिरहेको पाइएको छ । चिकित्सक नहुँदा बिरामी कैलालीको धनगढी र भारतका विभिन्न निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य छन् । २०४० सालतिर डडेलधुरामा अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट अस्पताल सुरुवात गर्नुभएको थियो ।
घरबाट भागेपछि गायिका
दार्चुलामा जन्मिनुभएकी देउडा गायिका दीपा रोकाया गायनमा सक्रिय रही डोटेली भाषाको प्रवर्धन गरिरहनुभएको छ । सङ्गीतप्रतिको मोहले घरसल्लाहबिना घरबाट भागेकी गायिका रोकायाले पहिलो पटक गोरख थापाको शब्दमा गीत गाउने अवसर पाउनुभयो । गायक भुवनप्रकाश बडूसँग ‘देनतरो आइगयो कुरमुरे उज्यारो भइगो’ गाउनुभएको थियो । त्यो गीत जब एफएम रेडियोमा बज्न थालेपछि मात्र परिवारले छोरी गायिका बनेको थाहा पाएका थिए ।
जिप दुर्घटनामा ११ जना घाइते
विद्यार्थीको जिल्ला सम्मेलनका लागि अछाम सदरमुकाम मङ्गलसेन जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्ड अन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जिप दुर्घटना परेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
कक्षाले युवामा ल्यायो रूपान्तरण
कैलालीको ग्रामीण क्षेत्रका युवा रूपान्तरण कक्षामा सहभागी भएर सकारात्मक कार्यमा अग्रसर भएका छन् । कैलारी गाउँपालिका–८ का युवा रूपान्तरण कक्षामा सहभागी भई सकारात्मक कार्यमा अग्रसर भएका हुन् ।
सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने बताउनुभएको छ ।
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो : गृहमन्त्री लेखक
महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताउनुभयो । “अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।”
भदौ २० गते बजेट ल्याउने तयारी
सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटमार्फत सुशासन कायम गर्ने उद्दे्श्यका साथ बजेट निर्माणमा जुटेको छ । भदौ २० भित्र बजेट ल्याउने तयारी गरेको मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले वित्तीय अनुशासन कायम गर्ने लक्ष्यका साथ बजेट ल्याउन लागेको हो । असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको नियमित बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले नयाँ बजेटमार्फत सुशासन कायम गर्ने उद्देश्यका साथ तयारी थालेको हो । यसका लागि प्रदेश सरकारले बजेट निर्माणका सम्बन्धमा चार वटा आधार सार्वजनिक गरेर बजेटमार्फत प्रदेशको विकासमा सुशासन कायम गर्ने बताएको छ ।