• ८ मंसिर २०८१, शनिबार

कर्णाली नदीमा बालिकाको शव फेला

blog

सांकेतिक तस्बिर

अविनाश चौधरी

धनगढी, भदौ २० गते। कैलालीको लम्कीचुहा नगरपालिका–३ गोरङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा आज बालिकाको शव फेला परेको छ। 

अन्दाजी ११/१२ वर्षको नाम, थर, वतन नखुलेको बालिकाको नग्न अवस्थामा शव फेला परेको हो। 

कर्णाली नदीमा मानिसको शव रहेको भनेर स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले र्‍याफ्टिङको सहायताले शवलाई नदी किनारमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो।