पहिरो रोक्न मुहान व्यवस्थापन
सडक डिभिजन कार्यालय अछामले सडकको पहिरो रोक्न पानीका मुहान व्यवस्थापन गर्न थालेको छ । पानीका कारण साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बाजुराको बुढी गङ्गा नगरपालिका –१ बल्दे अम्कोट सडकमा बर्खाको समय सधैँ पहिरो जाने गरेकोले त्यसलाई रोक्न डिभिजनले मुहान व्यवस्थापन गर्न थालेको हो ।
सुदूरपश्चिमका पाँच मन्त्रीले पाए जिम्मेवारी
सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीहरूलाई जिम्मेवारी दिइएको बताउनुभयो ।
प्रविधिमैत्री बन्दै पहाडका किसान
शिखर नगरपालिका–८, तिल्तालीका दिनेश बलायरले दुई वर्षअघि गोरु जोतेर रोपाइँ गर्नुभएको थियो । खेतीपातीका लागि उहाँले घरमा हलगोरु पाल्नै पर्ने अवस्था थियो । यस वर्ष दिनेशले हाते ट्याक्टर जोतेर रोपाइँ गर्नुभएको छ । शिखर नगरपालिकाको कृषि शाखाले उहाँको खेतमा धान दिवससँग रोपाइँको आयोजना गरेको थियो जहाँ रोपाइँमा गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गरियो । त्यस्तै आदर्श गाउँपालिका–१, सालगाउँका किसान शेरबहादुर खड्काको खेतमा पनि गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा धान दिवस मनाइयो । गत वर्षसम्म रोपाइँमा गोरुको प्रयोग गरिएकोमा यस वर्ष हाते ट्याक्टर र गोरु दुुवैको प्रयोग गरिएको छ ।
जङ्गलमा खोजिदै फुट्की
जङ्गलमा पाइने एक प्रकारको च्याउ प्रजाति फुट्की खोज्ने सिजन सुरु भएको छ । मनसुनको सुरुवाती वर्षात्पछि तराईका जङ्गलमा फुट्की उम्रिने गर्दछ । यो एक प्रकारको च्याउ प्रजाति हो ।
भन्सार छलीको सामानसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढा र धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक रहेका छन्।
पहिरोमा पुरिएर सत्तरी बाख्रा मरे
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा सत्तरी बाख्रा पुरिएर मरेका छन् ।
सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी
सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि प्रदेश सरकारले अभियान थालेको हो ।
दुई किलो गाँजा सहित चार जना पक्राउ
दुई किलो गाँजा सहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट खटिएको प्रहरी टोलीले भारतको सङ्ग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंहलाई शनिबार पक्राउ गरेको हो ।
अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा
बालबालिकाहरूले खोप लाएको सुनिश्चितता पश्चात् अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
बाजुरामा धान दिवस मनाइयो
बाजुरा नौ वटै स्थानीय तहले भव्य र सभ्य रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ यहाँका स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई भव्य रूपमा मनाएका हुन् ।
पानी नपर्दा किसानका खेत बाँझै
आज धान रोपाइँ दिवस भए पनि समयमा पानी नपर्दा यहाँका किसानको खेत बाँझै छन् । कैलालीका किसानले बोरिङको भरमा रोपाइँ गर्न बाध्य भएका छन् ।
गर्मीमा ज्येष्ठ नागरिकलाई छाता उपहार
कृष्णपुर नगरपालिका-२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।
ट्याक्टर दुर्घटना हुँदा चालकको निधन
सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ ।
अछामका उत्कृष्ट किसान पुरस्कृत
यहाँ जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
रातो किताब सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ ।
मध्ये असारमा धमाधम रोपाइँ
शुक्लाफाँटा नगरपालिका ३ का किसान खेतमा रोपाइँ गर्दै । असार १५ गतेसम्म पनि पर्याप्त वर्षा नहुँदा किसानले पम्पसेटबाट पानी तानेर रोपाइँ गर्न बाध्य भएका छन् ।
स्थानीय तहले बनाएनन् विपत् प्रतिकार्य योजना
जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहले मनसुनजन्य विपत्बाट जनतालाई जोगाउनका लागि अझै पनि विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन् । मनसुन लागे पनि कैलालीका स्थानीय तहले यो वर्षका लागि अझै विपत् प्रतिकार्य योजना बनाउन नसकेका हुन् । जिल्लामा बर्सेनि सबैभन्दा बढी बाढी, डुबानलगायतका मनसुनजन्य विपत्को सामना गर्दै आएका स्थानीय तहमा समेत यो वर्षको विपत् प्रतिकार्य योजना बनेको छैन । यद्यपि त्यसको तयारीमा जुटेको स्थानीय तहले जनाएका छन् ।
तारेदहमा पुल निर्माण हुँदा स्थानीय हर्षित
बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, काँडा र २ जयवागेश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय निकै हर्षित भएका छन् । गाउँपालिकाको आर्थिक तथा पिसविन बाजुराको प्राविधिक सहयोगमा खोलामा बनेको सो पुलमा आउजाउ गर्न सहज भएको छ । पहिला पुल नहुँदा बर्खाका समय खोला तर्न निकै समस्या हुन्थ्यो । अब खोलामा पुल बनेपछि भने आउजाउ गर्न निकै सहज भएको खप्तड छेडेदह गाउँपालिका–२ का स्थानीय कविता बुुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड छेडेदह–२, जयवागेश्वरीका अधिकांश विद्यार्थी उच्च शिक्षा पढ्नका लागि वडा नम्बर १ को काँडा भवानीमा जाने गर्दछन् । बर्खाको समय खोलामा पानीको बहाव बढ्ने भएकाले उनीहरूलाई खोला तर्न निकै समस्या हुन्थ्यो । ”
कुपोषणमुक्त भएन मुक्तिकोट
बाजुरा जिल्लाको दुर्गम क्षेत्र स्वामीकार्तिक गाउँपालिका मुक्तिकोटले कुपोषणबाट अझै मुक्ति पाउन सकेको छैन । कुपोषणग्रस्त गाउँका रूपमा परिचित मुक्तिकोटमा कुपोषणले नछोएका बालबालिका विरलै भेटिन्छन् । केही दिनअघि मात्र स्वामीकार्तिक–१ र २ वडा रहेको मुक्तिकोट गाउँमा दुई जना बालबालिकाको मृत्यु भएको छ । लामो समयदेखि कुपोषणबाट ग्रसित हुँदै आएका बालबालिकाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज वृज विकले बताउनुभयो । उहाँका अनुसार कुपोषणले थलिएकी दुमली विककी १७ महिने छोरी जमुना विकको र रूपसरा न्यौपानेकी १
कैलालीमा पन्ध्र विद्यालयको नतिजा शुन्य
माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कैलालीका पन्ध्र वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ ।
नगर प्रहरीलाई खोज तथा उद्धार तालिम
धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई खोज तथा उद्धारसम्बन्धी तालिम दिइएको छ । प्राकृतिक विपत्को बेला खोज तथा उद्धारमा सहयोग गर्न नगर प्रहरीलाई सो तालिम दिइएको हो ।
सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै
आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् ।
तारेदहमा पुल निर्माण हुँदा यात्रा सहज
बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ काँडा र २ जयवाग्यश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय हर्षित भएका छन् ।