अविनाश चौधरी
धनगढी, भदौ ३१ गते । कैलाली प्रहरीले चार लाख २३ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सो सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–२, १३ र १९ बाट तीन लाख ८६ हजार मूल्य बराबरको विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू, सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।
यसैगरी, कैलारी गाउँपालिका–३ हनुमान मन्दिरबाट १२ हजार मूल्य बराबरको सामग्री र गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट २४ हजार मूल्य बराबरको मिठाइ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।