बिउ बैङ्क सञ्चालन
स्वामिकार्तिक गाउँपालिकाको सुइजिउलामा बाजुरा जिल्लाकै पहिलो बिउ बैङ्क तथा सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीपाइले रोग उन्मूलनका लागि कैलालीमा सर्वेक्षण सुरु
कैलालीमा हात्तीपाइले रोग उन्मूलनका लागि लामो समय नियमित हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम लागु भएको छ ।
सीमा अतिक्रमण हुन नदिइने
नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति जनाएका छन् । भारतको गौरीफन्टामा भएको दुवै देशका सुरक्षाकर्मीको समन्वयात्मक बैठकले सो विषयमा सहमति जनाएको हो ।
एकसय एकको आँखाको निःशुल्क शल्यक्रिया
कैलालीको भजनीका १०१ जनाको आँखाको शल्यक्रिया भएको छ । असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाविन्दूको शल्यक्रिया भएको हो ।
दाताको सहयोगले चलेको वेद विद्याश्रम
संस्कृत विषय पढाइ हुने उग्रतारा वेद विद्याश्रम दाताको सहयोगबाट सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाम अमरगढी–८, उग्रतारा मन्दिर परिसरमा स्थापना गरिएको विद्याश्रमबाट गत वर्षको एसइई परीक्षामा पाँच जना बटुक सहभागी भएका थिए ।
थारू बस्तीमा छैन सखियाको चहलपहल
दसैँको सँघारमा सखिया नाचले चहलपहल हुने थारू बस्ती यतिबेला सुनसान छन् ।
संस्कृत पढ्दै, विद्यालय छाड्दै दलित विद्यार्थी
गाउँकै विद्यालयमा कक्षा ६ देखि १० सम्म संस्कृत विषयको पढाइ हुन्छ । संस्कृत पढ्ने आधा जति दलित समुदायका विद्यार्थी छन् ।
हात्तीको आक्रमणमा किसानको मृत्यु
हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।
‘राजनीतिक स्थायित्वका लागि एक भयौँ’
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) एक भएको बताउनुभएको छ ।
प्रदेश राजधानी कागजमा सीमित
सुदूरपश्चिम प्रदेशको राजधानी प्रदेश सरकार र प्रदेश सभाको दुई (१० बर्से) कार्यकालमा पनि नबन्ने हो कि भन्ने चिन्ता यहाँ गर्न थालिएको छ ।
झोलुङ्गे पुल कटानको जोखिममा
खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरी जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको हो ।
पन्तलाई पाँच हजार डलर पुरस्कार अवार्ड
कैलालीका वरिष्ठ नेत्र चिकित्सक डा. विद्याप्रसाद पन्तले पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ ।
दुनाटपरीले फेरिएको दैनिकी
घरायसी कामकाजमै व्यस्त रहने पञ्चदेवल विनायक नगरपालिका–४, कालिकास्थानकी गोपा शाहीको दैनिकी अचेल फरक हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अहिले घरनजिकैको उद्योगमा गएर दुनाटपरीबाट पैसा कमाउन थालेकी छु ।”
स्वामीकार्तिकमा ‘आमा पहिलो कार्यक्रम’
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले ‘आमा पहिलो कार्यक्रम’ लागु गरेको छ ।
कुपोषण रोकथामका लागि आमा समूह गठन
हाँका गाउँ बस्तीमा पछिल्लो समय नयाँ जन्मिने केही शिशुमा कुपोषण देखा परेको भन्दै यसलाई रोक्न पालिकाले आमा समूह गठन गरेका हुन् ।
कैलालीमा कोरोनाविरुद्धको खोप अभियान
कैलालीमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै
मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको भेट्टाउनुभयो तर बस्तीका आधा जति घरमा मानिस भेटिएनन् ।
स्याउबाट एक करोड आम्दानी
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् ।
धानबाली नकाट्न किसानलाई आग्रह
मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन् ।
जग्गा भोकाधिकारको समस्याले घोडाघोडी नगरअस्पताल निर्माण कार्यमा ढिलाइ
तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ सालमा शिलान्यास गरिएको घोडाघोडी नगरअस्पताल जग्गा भोकाधिकारका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु
वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको भीमदत्त राजमार्ग सुचारु भएको छ । बुधबार रातिदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न एक मात्रै राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो ।
पहिरोबाट निस्किए चमकदार ढुङ्गा
पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् ।
सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह
मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ ।