पुलमा दुर्घटना जोखिम
कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदीमा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको छ । पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले कटान गरेपछि दुर्घटनाको जोखिम बढेको हो ।
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको बाटो खुल्यो
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।
बिजुली आउने जाने टुङ्गो छैन
सात वटा पालिका रहेको डडेलधुरा जिल्लाका १६ हजार पाँच सय घरधुरीमा विद्युत्को पहुँच पुगेको छ ।
‘उपभोक्ता समितिबाट काम भए कारबाही’
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले उपभोक्ता समितिबाट कुनै पनि विकास निर्माणका काम गर्दै नगर्ने नीति लिएको र कसैले गरेको भेटिएमा कारबाहीको भागेदार हुने बताउनुभएको छ ।
बिदाका बेला टोल कक्षा सञ्चालन
दसैँतिहार बिदाको बिदा, घरनजिकैको खुला ठाउँ, विद्यार्थी कापीकिताब लिएर जम्मा हुन्छन् । कोही गृहकार्यमा जुट्छन् भने कोही अलमल परेको विषयमा शिक्षकलाई सोध्छन् ।
किसानलाई धान काट्ने चटारो (फोटो फिचर)
मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्।
धनगढी –१६, रामपुरस्थित महादेव तालमा अवस्थित गङ्गामाताको मन्दिर
कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १६ रामपुर गाउँ किनारमा प्रख्यात बेहडाबाबा मन्दिर छ । मन्दिर नजिकै उत्तर–पूर्वमा महादेव ताल छ । सो तालको किनारमा निर्माण गरिएको छ गङ्गामाताको मन्दिर । गुम्बज शैलीको यो मन्दिर निकै नै आकर्षक रहेको छ । यो मन्दिर कैलालीको प्राचीन बेहडाबाबा मन्दिरको नजिकमा छ।
नगरपालिकाबाट दीर्घरोगीलाई सहयोग
कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो । १५ दिनसम्म अस्पताल भर्ना भएकी पूजाको रगत जाँच गर्दा रगतमा खराबी देखिएपछि उहाँलाई भरतपुर क्यान्सर अस्पताल लगियो ।
तरकारीले किसानको जीवनमा फेरबदल
शिवनाथ गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ कार्यक्रम सुरु गरेपछि तरकारी खेती गर्ने बढेका छन् । यसअघि बाहिरी जिल्लाको तरकारीमा निर्भर पालिकाका स्थानीय अहिले गाउँमै उत्पादन भएको तरकारी खपत हुन थालेका छन् ।
शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।
फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।
रक्तस्रावका कारण सुत्केरीको मृत्यु
उच्च रक्तस्रावका कारण ढकारीका एक सुत्केरी महिलाको बिहीबार मृत्यु भएको छ । ढकारी गाउँपालिका –६ ढुंगाचाल्नाकी २९ वर्षीया सरितादेवी जैसीको मृत्यु भएको हो ।
नाचगान होइन, धान उत्पादन
डोटीको जोरायल गाउँपालिकाले बासमती धान उत्पादनका लागि विपन्न बादी समुदायका घरपरिवारलाई जमिनको भाडा तिरेर सहयोग गरेको छ । परम्परादेखि नै नाचगान गर्ने पेसामा आबद्ध बादी समुदायको पेसा सङ्कटमा पर्न थालेसँगै धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराइएको छ ।
मालपोतका हाकिमले किस्तामा घुस लिएको गुनासो
जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ ।
जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित चण्डिका माध्यमिक विद्यालयका छात्राहरू भत्किएको झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन् । विद्यालयमा अध्ययनरत महिनावारी भएका किशोरी यसरी जीर्ण भएको पुलबाट आवतजावत गर्दा स्थानीय प्रशासन मौन देखिन्छ । गत जेठ २७ गते पुलको एकतर्फका लट्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो । छिमेकी जिल्ला दैलेखबाट अछामको विद्यालयमा पढ्न
भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने
सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको खाल्टाखुल्टीले दैनिक हजारौँ यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ । सो राजमार्ग अन्तर्गत डडेलधुरा जिल्लामा पर्ने सडकखण्ड बिग्रिएकाले यात्रा कष्टकर हुँदै आएको छ ।
नहरमा पानी छाड्न भारतसँग पहल गर्छौ : सभापति शेर्पा
सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताउनुभएको छ ।
बजेट अभावमा अलपत्र बार्जुकोट भ्युटावर
बाजुरामा पर्यटकीय क्षेत्रको रूपमा निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोट भ्युटावर अलपत्र परेको छ ।
जमिन भाडामा लिएर बास्मती धान उत्पादन
डोटीको जोरायल गाउँपालिकाले बास्मती धान उत्पादनका लागि बादी समुदायका घर परिवारलाई जमिन भाडामा दिएको छ । परम्परादेखि नै नाचगान गर्ने पेशामा आबद्ध बादी समुदायको पेशा सङ्कटमा पर्न थालेपछि धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराएको छ ।
गौरीफन्टा नाकामा आवागमन सहज बनाइयो
नेपाल–भारत गौरीफन्टा नाकामा आवागमन सहज बनाइएको छ । बेलुका ८ बजेबाट दुवै देशतर्फको भन्सार कार्यालय बन्द हुँदै आएकोमा चाडपर्वलक्षित गरी आवागमन सहज बनाइएको हो ।
मासुमा आत्मनिर्भर बन्यो बैतडी
जिल्लामा दैनिक उपभोग्य वस्तुको आयात बढी हुने भए पनि खसीको निर्यात गरेर बैतडी आत्मनिर्भर जिल्ला बनेको छ ।
दानसाँघु खोलामा पक्की पुल नहुँदा वारपारमा समस्या
बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पक्की पुल नहुँदा सवारीसाधनलाई वारपार गर्न सास्ती खेप्नु परेको छ ।
देवता रिसाउने डरले जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य
अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चन्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन् ।
बढे क्यान्सर तथा मिर्गौला रोगी
कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो ।