• १९ असोज २०८१, शनिबार

किसानलाई धान काट्ने चटारो (फोटो फिचर)

blog

धान काट्न व्यस्त कैलालीको धनगढी उपमहानगरपालिका किसान। तस्बिर: कृतबहादुर विष्ट

कृतबहादुर विष्ट 

फूलवारी (कैलाली), असोज १९गते। मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्। मौसम पूर्वानुमान महाशाखाको वर्षा हुने सूचनाका कारण धानपाके पनि किसानले धान काट्न सकेका थिएनन्।

केही दिनदेखि मौसम सुधार हुन थालेपछि यतिखेर किसान खेतमा पाकेको धान काट्न व्यस्त हुन थालेका छन्। दसैँ सुरु भइसकेको भए पनि किसान धान काट्न व्यस्त भएका हुन्।