बाँझो जग्गामा वृक्षारोपण
वातावरण संरक्षणमा टेवा पुर्याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षारोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ ।
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारतको चम्पावत जिल्ला मिनाबजार बनबासा बस्ने वर्ष ३० का चाँद कुरैसी र अर्का एक नाम, थर, वतन नखुलेका व्यक्ति रहेका छन् ।
ढुंगा लागेर महिलाको मृत्यु
बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ । मंगलबार मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो ।
जीविकोपार्जनमा समस्या
पुनस्र्थापनाबाट वञ्चित मुक्त कमैयाले तीन तहकै सरकारसँग पुनस्र्थापना तथा जीविकोपार्जन समस्या समाधान गर्न माग गरेका छन् । कमैया मुक्तिको २४ वर्ष पुग्दा पनि दुई हजार ३७५ मुक्त कमैयाको
नागरिक उन्मुक्ति दलको नेता फेरि परिवर्तन
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले दल फेरि दलको नेता हटाएका छन्।
सुदूरपश्चिममा मन्त्रालय सङ्ख्या ६ मात्रै
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ ।
बत्ती बाल्ने महिना सुरु
सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताउनुभयो ।
पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’
कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।
डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
डोटीमा डेङ्गुका बिरामी बढ्दै गएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले सो अभियान सञ्चालन गरेका हुन् । डेङ्गुका बिरामीको
चार लाख घुससहित दुई जना कृषि प्राविधिक पक्राउ
दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकलाई चार लाख १२ हजार नगद घुस सहित पक्राउ गरेको छ । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जनाएको छ ।
भारी वर्षा बारे अध्ययन गर्दे विज्ञ टोली
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा भारी वर्षा हुनाको कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागको विज्ञ टोलीले अध्ययन गरेको छ ।
सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि सार्वजनिक गरेको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी भइरहेको छ । चालु आर्थिक वर्ष आज सकिनै लाग्दासम्म बजेट स्वीकृत नभएपछि सरकारले अध्यायदेशमार्फत् बजेट स्वीकृत गराउने तयारी गरिरहेको हो।
धनगढी उपमहानगरपालिका विरुद्धको रिट खारेज
सडक अधिकार क्षेत्रको संरचना नहटाउन मागसहित धनगढी उपमहानगरपालिकाविरुद्ध स्थानीयले दिएको रिट अदालतले खारेज गरेको छ ।
नाइरोबी फ्लाई किराले छालामा सङ्क्रमण
नाइरोबी फ्लाई किराका कारण कैलालीका स्थानीयमा छालासम्बन्धी समस्या बढेको छ । बर्खायाम लागेसँगै छालामा सङ्व्रmमण (एलर्जी) हुने समस्या बढ्दो रूपमा देखिएको हो । नाइरोबी फ्लाई नामक किराका
नेपाल–भारत जोड्ने राजमार्ग अवरुद्ध, खाद्य तथा इन्धन आपूर्तिमा समस्या
भारतको शारदा नदीले पलियास्थित पुलको उत्तरतिरको सडक बगाउँदा यातायात सञ्चालनमा समस्या भएको छ । बाढीले सडक बगाउँदा यातायात सेवाका साथै सर्वसाधारण यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण नेपाल–भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरीफन्टा सीमानाकाबाट आवतजावत बन्द भएको छ ।
दुई जना बालकको मृत्यु
कैलालीमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार चुरे गाउँपालिका –६ का १३ वर्षीय सन्तोष नेपालीको ज्यान गएको हो ।
पुलमुनि रोड कटानले दुर्घटनाको जोखिम
कैलालीको एक पुलमुनि रोड कटानले दुर्घटनाको जोखिम बढेको छ।
नेपाल-भारत जोड्ने राजमार्ग अवरुद्ध भएपछि इन्धनको आपूर्ति बन्द
भारतको पलियामा शारदा नदीले पुलको उत्तर तिरको सडक बगाउँदा हजारौँ यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण आइतबारदेखि नेपाल-भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो ।
जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती
जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ ।
बाढीपीडित फर्किए घर
विपत्ग्रस्त भजनी नगरपालिकाका बाढी प्रभावितहरू घर फर्किएका छन् । घर डुबानमा परेकाले विस्थापितहरू फर्किए पनि बस्न सक्ने अवस्था नभएको बताइएको छ । केही दिनदेखि घाम लागेपछि प्रभावित घर फर्किरहेका छन् ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट कञ्चनपुरको शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले ठक्कर दिँदा शान्तिपुर बस्ने पैदलयात्री ५२ वर्षीय मोहन खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या
बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । पालिकाले बजेट अभावको कारण देखाउँदै यहाँका आम्चोरा, रोडीदेवल र वडा नम्बर १ मा गरी चार वटा केन्द्र बन्द गरेपछि समस्या भएको हो ।
मुख्यमन्त्री सोडारीको राजीनामा माग
सुदूरपश्चिमका तीन राजनीतिक दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले आज बिहान धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा माग गर्नुभएको हो ।
धानमा किराको समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता
जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बासमती धानमा किरा देखा परेको छ । जोरायल गाउँपालिका हंसराज बासमती धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ ।