खर काट्न भारत जान्छन् नेपाली विद्यार्थी
भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त हुन थालेका छन् ।
हिमश्वेता बाइस वर्षमै अधिकृत
बैतडीकी हिमश्वेता भट्टले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल हुनुभएको छ ।
एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसीयाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे ।
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी
नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेश्नल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ।
कृष्णसारको सङ्ख्यामा बढोत्तरी
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा संरक्षित वन्यजन्तु कृष्णसारको बढोत्तरी भएको छ ।
घोडाघोडी ताल गन्तव्य स्थल बन्दै
जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल पर्यटकका लागि गन्तव्य स्थल बन्दै गएको छ । घोडाघोडीमा हिजोआज पर्यटकको चहलपहल बढ्दै गएको छ ।
तितेकरेला बेच्दै हिँडेका व्यापारी
कञ्चनपुरको महेन्द्रनगर बजारमा ठेला गुडाउँदै तितेकरेलालगायतका तरकारी बेच्दै हिँडेका व्यापारी । चाड पर्वका बेला यहाँ तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।
कांग्रेस नेता महरलाई मातृ शोक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई मातृशोक परेको छ । महरका आमा ललितादेवी महरको ९६ वर्षको उमेरमा आज निधन भएको छ ।
उपभोक्ता झुक्याउँदै व्यापारी
टीकापुर नगरपालिकाले गरेको बजार अनुगमनमा नयाँ खाले समस्या देखिएको छ । व्यापारीहरूले वर्षौँ पुराना सामान बिक्री स्थलमा राखेको तर केही लेबल मेटाएर सामग्री बिक्रीका लागि राखेको भेटिएको छ ।
लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान
लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ ।
डोटीमा किवीखेती विस्तार गरिँदै
जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किवी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ ।
सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढे
धान, मकै, गहुँ र उखु उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको सिगास क्षेत्रमा सिँचाइ र सडक नहुँदा बसाइँसराइ गर्ने बढेका छन् ।
दस वर्षसम्म बनेन पुल
डडेलधुरा जिल्लाका गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने पुल एक दशकसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती पाउन थालेका छन् ।
बजेट जताततै, एउटै छैन खेल मैदान
व्यवस्थित खेल मैदानको अभावमा अमरगढीमा ठुला खेल सञ्चालन हुन सकेको छैन ।
सवारी दुर्घटनामा एकको मृत्यु
कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
काठेपुलमा जोखिमपूर्ण यात्रा
बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठेपुल पार गर्दै जीप । पक्कीपुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गर्नुभएको छ ।
तिहारअगावै रित्तिँदै बस्ती
बाजुरामा दसैँ सकिएसँगै यहाँका अधिकांश गाउँबस्ती पनि खाली हुन थालेका छन् ।
नयाँ सहरमा अठतिस करोडका संरचना निर्माण
बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभन्ज्याङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माण भइरहेका १० वटा नमुना सहरमध्ये बैतडीको पाटनमा ३८ करोड रुपियाँ खर्च गरेर १३ वटा संरचना निर्माण भएका छन् ।
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए-नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।
पिठ्युँमा चामलको भारी
कञ्चनपुर , कात्तिक ८ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लास्थित पिठ्युँमा चामल बोकेर लग्दै गरेका महिला। विकट बस्ती खल्ला, मुसेट्टी र टँडिखेलका स्थानीय तीन घण्टा पैदल ओहोरदोहोर गरेर किनमेल गर्छन्। तस्बिरः रासस
पुरानो लुगाबाट झोला बनाउँदै विद्यार्थी
चाडपर्वका अवसरमा दिइएको बिदालाई कैलालीका एक विद्यालयको छात्राले हस्तकलाको सिप सिकेर सदुपयोग गरिरहेका छन् ।
श्रमदान गर्दै बेलायती नागरिक
नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको साझेदारीमा निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् ।
खोलानालाको अतिक्रमण हटाउने तयारी
धनगढी उपमहानगरपालिकाले धनगढीका खोलामा भएको अतिक्रमण हटाउने तयारी गरेको छ ।