सहायक सीमा स्तम्भ कटानको जोखिममा
धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदी पारि रहेको ७५०/२ नम्बरको सहायक पिल्लर कटानको जोखिममा परेको छ ।
बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग
बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन् ।
सुदूरपश्चिममा कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । कांग्रेसको संसदीय दलको सोमबार बसेको बैठकले बहादुरसिंह थापा र मेघराज खड्कालाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ ।
मन्त्रालय भागबन्डाको रस्साकस्सी
नयाँ सरकार गठनको बाटोमा अगाडि बढेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डाको रस्साकस्सी चलेको छ ।
सदरमुकाम खलङ्गा बजार
सल्यानको शारदा नगरपालिका वडा नम्बर २ र ३ मा अवस्थित सदरमुकाम खलङ्गा बजार ।
जडीबुटीका लागि उर्वर भूमि बन्दै बैतडी
विभिन्न जडीबुटीका लागि यो जिल्ला उर्वर भूमिका रूपमा परिचित रहेको छ । एक वर्ष अवधिमा चार लाख किलो जडीबुटी निकासा भएको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठा, हर्रोबर्रोलगायतका एक दर्जन जडीबुटी निकासी हुँदा १६ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
खुट्टामा क्यान्सर लागेपछि बिचल्ली
ओत लाग्ने घर गत असोजको भूकम्पले चर्किएको छ । भारी बोकेर परिवार पाल्दै आएका घरमुलीको दुवै खुट्टामा क्यान्सर रोग लागेर थला पर्नुभएको छ । उपचार गर्न खर्च छैन । घरमा खाने अन्न नहुँदा बालबच्चा भोकभोकै बस्न बाध्य छन् । सिगास गाउँपालिका–३, घकुराडी बस्ने रघुवीर साउदको जीवनमा यति ठुलो वज्रपात परेको छ कि चुलो बाल्न वृद्ध आमाको सामाजिक सुरक्षा भत्ता कुर्नु पर्छ । परिवारका सदस्य वृद्ध आमाले पाउने चौमासिकको भत्ता कुरेर बसेका छन् । हजुरआमाको भत्ता आएपछि मात्रै खाना पाइने गरेको १२ वर्षीय नाति दीपक साउदले बताउनुभयो ।
स्याउ टिप्ने बेला सडक बन्द
बाजुरामा स्याउ टिप्ने बेला सडक बन्द हुँदा किसान चिन्तित छन् । हिमाली, स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा नगरपालिकालगायतका विभिन्न ठाउँमा स्याउ टिप्ने बेला भएको छ । मार्तडीदेखि कोल्टी सडक लामो समयसम्म अवरुद्ध भएपछि स्याउ टिपेर बिक्री गर्न बजारमा लैजान समस्या भएको छ । “बारीमा स्याउ टिप्ने बेला भयो । उता सडक भने अवरुद्ध छ,” स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले गुनासो गर्नुभयो ।
कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
नेपाली काँग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ ।
कांग्रेस नेता शाह दोस्रो पटक मुख्यमन्त्री बन्दै
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गर्नुभएको छ ।
कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै
पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण हुन थालेपछि वनको क्षेत्रफल घट्दै जान थालेको हो ।
नाला तर्ने क्रममा बगेर मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिकास्थित सुकटी नालामा डाइभर्सनबाट नाला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ ।
अभिभावकलाई क्यान्सर, बालबच्चा भोकै
कमाउने अभिभावक नै क्यान्सर रोग लागेर थला परेपछि बालबच्चासहित परिवार भोकै बस्न बाध्य भएका छन् । त्यसमाथि गत वर्ष असोजमा गएको भूकम्पले ओत लाग्ने घर भत्काइदिएको छ ।
सुदूरपश्चिममा काँग्रेसका शाह पुनः मुख्यमन्त्री बन्दै
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका कमलबहादुर शाह पुनः मुख्यमन्त्री बन्न लाग्नुभएको छ ।
कृषि पढ्न आएनन् विद्यार्थी
प्राविधिक शिक्षा पढाउन खोलिएका कृषि शिक्षालयमा निर्धारित कोटा अनुसार विद्यार्थी भर्ना हुन आएका छैनन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीमार्फत डिप्लोमा तहमा कृषि विषय पढाउँदै आएको छ । टीकापुर बहुप्राविधिक शिक्षालयमा ४० जनाको कोटा रहेको बाली विज्ञानमा १० जना र ४८ जनाको कोटा भएको कृषि इन्जिनियरिङमा दुई जनाले मात्रै प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । कर्णाली नमुना मावि टीकापुरमा ४० जनाको कोटा रहेकोमा हालसम्म एक जनाले पनि आवेदन नभरेको प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, “छ/सात जनाले भर्ना प्रक्रियाबारे सोधेका थिए तर फाराम भर्न आएनन् । अब गे्रडवृद्धिको परीक्षाबाट उत्तीर्ण विद्यार्थीका लागि पर्खेका छौँ ।”
आइएमई समूहले उद्योग खोल्ने चुन ढुङ्गा उत्खननको तयारी
सिमेन्ट उद्योग खोल्न आइएमई समूहले खानी तथा भूगर्भ विभागसँग चुन ढुङ्गा उत्खनन गर्नका लागि अनुमति माग गरेको छ । उत्खननको अनुमति प्राप्त भएपछि यथाशक्य उद्योग स्थापना गर्ने तयारी थालिएको छ । केबुलकार, वित्तीय संस्था, होटेल तथा सेवा क्षेत्रमा लगानी गर्दै आएको आइएमई समूहले विदेशी लगानी भित्र्याएर भारतसम्म सिमेन्ट निर्यात गर्ने गरेर करिब २५ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्न लागेको हो ।
दोदा नदीमा माछा मार्दै
कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जस्थित दोदा नदीमा जाल हानेर माछा मार्दै राना थारु समुदायका व्यक्ति ।
सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दे पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को माग बमोजिम मार्ग प्रशस्त गरेको बताउनुभयो।
शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढोत्तरी भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ ।
स्याउ टिप्ने बेलामा बाटो बन्द
बाजुरामा स्याउ टिप्ने बाटो बन्द हुँदा किसान चिन्तित भएका छन् ।
नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हिजो एक युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिनु हुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिनु हुने भएको छ ।
किवी खेतीप्रति बढ्यो आकर्षण
किवी खेतीप्रति स्थानीय किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गरी करिब २८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६४.९६ मेट्रिक टन किवी उत्पादन भएको छ । बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका र आदर्श गाउँपालिकालगायतका स्थानमा किवी खेती गरिँदै आएको छ ।