सडक पुगे पनि छुटेन डोकोनाम्लो
गाउँ गाउँमा सडक पुगे पनि किसानले घण्टौँ पैदल हिँडेर डोकोमै खाद्यवस्तु बोकेर बजार लैजानपुर्ने बाध्यता हट्न सकेको छैन ।
एक किलो नुनको ११० रुपियाँ
दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् ।
इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै जानुभएको छ । आफ्नै क्षमताले काम गर्न रुचाउने उहाँ एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित हुनुभएको हो ।
मेची–महाकाली साइकल यात्रा
मकवानपुरको हेटौडाका तीन जनाले मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन् । जलवायु न्यायका लागि भन्दै उहाँहरुले मेची–महाकाली साइकल यात्रा गरेका हुन् ।
धनगढीमा सुदूरपश्चिम रोयल्सको र्याली
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज र्याली प्रदर्शन गरेको छ । रोयल्सले धनगढीको चौराहादेखि रङ्गशालासम्म र्याली प्रदर्शन गरेको हो ।
क्रिकेट माहौल बनाउन धनगढीमा र्याली
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले क्रिकेट खेलको माहौल बनाउन धनगढीमा सोमबार र्यालीको आयोजना गरेको छ ।
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी
घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त वासस्थान मानिन्छ ।
धान दिएर सिङ्गडा
धानले सिङ्गाएर (सिङ्ग्रा) साट्दै । कैलालीको ग्रामीण क्षेत्रमा वस्तु विनिमय अझै कायम रहेको छ । सिङ्ग्रा दिएर धान लिने प्रचलन परानाे हो ।
माछा मार्दै
कैलाली जिल्ला लम्की नगरपालिका ४ स्थित पोखरीमा माछा मार्दै थारु समुदायका महिलाहरू ।
दाउराको जोहो
कृष्णपुर नगरपालिका २ वनहराका महिलाहरू सामुदायिक वनबाट दाउराको भारी बोकेर घर तर्फ फर्कँदै ।
स्थानीय परिकारप्रति बढ्दो आकर्षण
धनगढी उपमहानगरपालिका–१५, सुर्मीकी विष्णुदेवी चौधरी र उहाँको समूहका सदस्यलाई परिकार बनाउन भ्याइनभ्याइ छ ।
डोजर चलाउँदा पहाड खस्यो, बैतडी–दार्चुला सडक अवरुद्ध
मध्यपहाडी लोकमार्ग अन्तर्गत बैतडीको पत्ताल भूमेश्वरमुनि डोजर चलाउँदा पहाड खसेको छ । पहाडबाट खसेको सुक्खा पहिरोले बैतडी–दार्चुला जोड्ने दशरथचन्द लोकमार्ग अवरुद्ध भएको छ ।
पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा जोड दिनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउनुभएको छ।
बागेश्वरी मिनी म्याराथनमा अरविन्द र गीता प्रथम
बागेश्वरी मिनी म्याराथनको उपाधि महेन्द्र मावि नरैनापुरका अरविन्द यादवले जित्नु भएको छ ।
बाजुरामा पाँच दलले गरे मनोनयन दर्ता
बाजुरामा मङ्सिर १६ गते हुने स्थानीय तहको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका छन् । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा बाजुराका पाँच दलले मनोनयन दर्ता गरेका हुन् ।
जिसस प्रमुखमा दुईको उम्मेदवारी
जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट टीका चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुक्मती चौधरीको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा डडेलधुराको कस्याडाँडा
अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
भयावह बन्दै सडक दुर्घटना, चार महिनामा उनन्साठी जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा गएको चार महिनाको अवधिमा १३३ वटा सवारीसाधन दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ
देउवा दम्पती उग्रतारा मेलामा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको हो ।
माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम
वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो ।
सात हजार बढीलाई आँखा उपचार सेवा
शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ ।
पहाड र अपि हिमाल
बैतडी , मङ्सिर २ गते । बैतडी जिल्लाको शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वरबाट देखिएको पहाड र अपि हिम शृङ्खलाको दृश्य । तस्बिरः रासस
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।
उग्रतारा मन्दिर बनाउन पहल गर्छुः सभापति देउवा
पूर्व प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उग्रतारा मन्दिरलाई प्राचिनशैलीमा पुनः निर्माण गर्न पहल गर्ने बताउनुभएको छ।