महिला स्वरोजगार मेला सुरु
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा महिला स्वरोजगार मेला आजबाट सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन र महिलालाई स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा मेला सुरु भएको हो ।
उखु रोप्दै किसान
शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका किसान खेतमा कात्तिके उखु रोप्दै । जिल्लाका दुई वटा चिनी मिल सञ्चालनमा आएपछि किसान उखु खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
पूरा भयो बस चढ्ने सपना
बाजुराको पूर्वोउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाको दुर्गम बस्तीका स्थानीयको गाउँमै बस चढ्ने सपना पूरा भएको छ ।
पुर्खाको सिप छोडेर भारततर्फ
पुर्ख्यौली पेसाले उद्योगका रूप लिन नसकेपछि छालाका जुत्ता बनाउने सार्की समुदायका युवा हातमुख जोर्नकै लागि भारततर्फ पलायन हुन थालेका छन् । पछिल्लो समय अधिकांश युवा परिवारका सदस्य र बालबच्चा बोकेर भारततर्फ हिँडेपछि विद्यालयमा विद्यार्थी सङ्ख्यासमेत घट्न थालेको छ ।
धनगढीमा मनाइयो शैलेश्वरी जाँत
कैलालीको धनगढीमा आज शैलेश्वरी जाँत (जात्रा) मेला मनाइएको छ । धनगढी उपमहानगरपालिका –९ गौरीपुर (सालघाडी) मा रहेको शैलेश्वरी मन्दिरमा जाँत मनाइएको हो ।
लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने
कैलालीको घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने भएको छ । घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिरमा यस वर्ष विवाहपञ्चमीका अवसरमा थारु समुदायको विशेष “लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१” हुने भएको हो।
राष्ट्रलाई फाइदा हुनेगरी संविधान संशोधन गर्ने सहमति भएको छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संसोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमति भएको बताउनुभएको छ।
स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेद्वारको टुङ्गो लगाएका हुन् ।
सभापति देउवाद्वारा असिउ देउताको पूजा
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अढाइ दशकपछि आफ्नो गाउँको मन्दिर असिग्राम असिउमा पुगेर दर्शन गर्नुभएको छ ।
दार्चुला जिप दुर्घटना : घाइतेलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो
दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।
दार्चुला जिप दुर्घटनाः आठ जनाको मृत्यु, पाँच घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
ठेक्का रद्द गरेर कारबाही सिफारिस
दार्चुलाको दुहुँ गाउँपालिकाले गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का रद्द गरेको छ ।
दार्चुला दुर्घटना अपडेट : सात जनाको मृत्यु, ६ घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा जिप दुर्घटना भएको हो ।
दार्चुलामा जिप दुर्घटना: पाँच जनाको मृत्यु, सात घाइते
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको रात्रीजात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ फर्किँदै गरेको जिप शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा दुर्घटना भएको छ ।
पुइलेक विमानस्थलका लागि ठाउँ उपयुक्त छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित पुइलेक विमानस्थलको स्थलगत अवलोकन गरेर ठाउँ उपयुक्त भएको बताउनुभएको छ ।
बादी समुदायको उत्थानबारे बृहत् छलफल
दलित समुदायमध्ये पनि सामाजिक र आर्थिक रूपमा अति विपन्न बादी समुदायलाई राज्यको मूल धारामा ल्याउन प्रदेश सरकारले ठोस योजना तयार गरी कार्यान्वयन गर्नु पर्नेमा सरोकारवालाहरूले ध्यानाकर्षण गर्नुभएकाे छ ।
कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रणनीतिक योजना अगाडि बढाउनुपर्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताउनुभएको छ ।
जिसस प्रमुखका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
तिहार सकिएसँगै गाउँ रित्तिए
नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् ।
सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन
जिल्ला सदरमुकामको मुख्य बजार गोठालापानीनजिकै सडक किनारमा जम्मा भएको फोहोरको थुप्रोमा आगो लाग्दा निस्केको धुवाँका कारण सास फेर्न कठिनाइ हुन थालेको छ ।
मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
कञ्चनपुरको दक्षिणी क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्न थालेको छ । जङ्गली हात्तीले घरखेतमा नोक्सानसहित मान्छेको ज्यानसमेत लिएपछि द्वन्द्व बढ्न थालेको हो ।
योजना माग्न वडा सदस्य नै काठमाडौँमा
सङ्घीयताले अधिकार र बजेट स्थानीय तहमै पुर्याएको भनिए पनि सङ्घीय मन्त्रालयमा बजेट माग्न वडा सदस्यसमेत काठमाडौँस्थित सङ्घीय सरकारका मन्त्रालयमा जाने गरेका छन् ।
‘पश्चिम सेती बन्ने भइसकेको छ’
गृह जिल्ला डडेलधुरामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताउनुभएको छ ।