• १ मंसिर २०८१, शनिबार

राष्ट्रलाई फाइदा हुनेगरी संविधान संशोधन गर्ने सहमति भएको छ : सभापति देउवा

blog

नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेलधुरा, कात्तिक ३० गते। पूर्व प्रधमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संसोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमती भएको बताउनु भएको छ ।

गृह जिल्ला डडेल्धुरामा रहनु भएकाले देउवासंग नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आवश्यक नभई नहुने कुराहरु गर्न संविधान संशोधन गर्ने सहमति भएको बताउनुभयो । राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरु दलहरुलाई समेटिने सभापति देउवाले बताउनुभयो । 

दुई तिहाई पुगाउन अरु दलहरुलाई पनि समेटर संविधान संशोधन गर्न सहमति भएकाले उहाँको भनाइ छ । देश भर पूर्वाधारहरु बनिसकेका छैनन् । उहाँले भन्नुभयो, ठाउँठाउँमा सडकहरु बनाउन अझै बाँकी छ । सिंचाईको व्यवस्था, बिजुली पुगेको छैन । आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न दुई पार्टी बिच सहमती भएको उहाँले बताउनु भयो । सरकार यसमा लागिरहेको छ, धेरै कुराहरु अगाडि बढेको र धेरै कुराहरु अगाडि बढ्दै गएको उहाँले बताउनु भयो ।

समस्या सबैतिर भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीले राम्रोसँग सरकार संचालन गरिरहेको उहाँले बताउनुभयो । गठबन्धन भत्किने कुराहरु आमसंचारका माध्यमबाट सुन्ने गरेको भन्दै उहाँले त्यस्तो नहुने बताउनुभयो । मुस्कुराउँदै सभापति देउवाले भन्नुभयो, प्रेसबाट गठबन्धन फुट्ने कुराहरु मैले पनि सुन्छु । प्रेसमा मात्रै छ । अरु कही छैन ।   

यो गठबन्धन २०८४ सम्मै जान्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो, दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो । त्यस पछि नेपाली काँग्रेस । मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमती भएको छ । १८ महिनाको सरकार कांग्रेसको नेतृत्वमा बन्ने उहाँले बताउनुभयो । 

वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको उहाँले बताउनुभयो । हाम्रा साथीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । बयानहरु लिइरहेको छ । उहाँले भन्नुभयो, यसमा कुनै राजनीतिक प्रतिशोध छैन । प्रहरीले कानूनबमोजिम काम गरिरहेको छ । 

शिवशिखर सहकालीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको सवालमा उहाँले हाम्रो जिल्लामा सहकारीले सबभन्दा बढी बदमासी गरेको उल्लेख गर्नुभयो । सहकारीको ठगी रकम बचतकर्ताले पाउने उहाँको भनाई छ । सहकारीका संचालक, ठगी गर्नेहरुलाई पक्राउ गरेर सम्पत्ति जफतगरी बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्माण व्यवसायीले रकम नपाएको सवालमा उहाँले गरेको कामको पैसा पाइने बताउनुभयो । गरेको कामको पैसा पाइन्छ । नगरेको कामको पैसा ल्याउ भने कहाँबाट पाइन्छ ।’’

चुनावका बेला मात्रै गृह जिल्लामा आउनु हुन्छ भन्ने गुनासो व्यापक हुने गरेको छ नि ? भन्ने प्रश्नमा सभापति देउवाले बेला बेला आउने गरेको र त्यो बेकारको हल्ला भएको बताउनुभयो । अहिले सातवटै पालिकाहरु पुगेको जानकारी गराउँदै उहाँले योजना बनाई दिनु पराे भनी जनताले मागहरु ल्याउने गरेको बताउनुभयो । जनताका आकांक्षा धेरै छन, योजनाका मागहरु ल्याएर जनता भेट्न आउने उहाँले बताउनुभयो । जनताका माग अनुसार आफूले काम गरिरहेको र सबैले माया गर्ने उहाँले बताउनुभयो ।