• ७ मंसिर २०८१, शुक्रबार

ठेक्का रद्द गरेर कारबाही सिफारिस

blog

दार्चुला समाचारदाता

दार्चुला, कात्तिक ३० गते । दार्चुलाको दुहुँ गाउँपालिकाले गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का रद्द गरेको छ । भवन निर्माण समयमै सम्पन्न नगरेपछि गाउँपालिकाले प्रशासकीय भवन निर्माणको ठेक्का रद्द गरेको दुहुँ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा वाइआर कन्स्ट्रक्सन प्रालिसँग प्रशासकीय भवन निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायी बिचमै काम छाडेर लामो समयदेखि सम्र्पकविहीन भएपछि कात्तिक ५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा ७ र ८ बमोजिम ठेक्का रद्द गरिएको उहाँले बताउनुभयो ।