• ७ मंसिर २०८१, शुक्रबार

जिसस प्रमुखका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

blog

जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा उम्मेदवारी दिने तयारी गर्नुभएकी टीका चौधरी ।

अविनाश चौधरी
धनगढी, कात्तिक २९ गते ।
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सो पार्टीको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सिफारिस गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उहाँको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको प्रमुखका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

प्रमुख पदको उम्मेदवारका लागि सिफारिस हुनु भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसबाट उहाँ दलित महिला सदस्यको रुपमा वडामा निर्वाचित हुनु भएको थियो ।

जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।