• ७ मंसिर २०८१, शुक्रबार

सात हजार बढीलाई आँखा उपचार सेवा

blog

कञ्चनपुर, मङ्सिर २  गते ।  शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ । 

शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको हो । हप्ताको छ दिन केन्द्र सञ्चालन हुँदै आएको छ ।

सहकारीका अध्यक्ष शिवराज भट्टका अनुसार केन्द्रबाट एक वर्षमा सात हजार एक सय ८२ जनाले सेवा लिएका छन् । केन्द्रमा उपचार गर्न आएका आर्थिक रूपमा विपन्न छ सय ४१ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

केन्द्रबाट आँखा जाँच, औषधि वितरण, परामर्श र चश्मा उपलब्ध गराउने व्यवस्था छ । शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडामा सञ्चालित शिविरबाट तीन हजार तीन सय २७ जनाले सेवा लिएका छन् । शिविरमा आँखा जाँचका लागि पुगेका मोतियाबिन्दुका दुई सय ५५ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा पुगेका सात सय २३ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ ।रासस