• ७ मंसिर २०८१, शुक्रबार

बाजुरामा पाँच दलले गरे मनोनयन दर्ता

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुईजिउला वाई बाजुरा ।

शेरबहादुर सार्की 

बाजुरा, मङ्सिर २ गते । बाजुरामा मङ्सिर १६ गते हुने स्थानीय तहको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका छन् । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा बाजुराका पाँच दलले मनोनयन दर्ता गरेका हुन् ।

जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) नेकपा एकीकृत समाजवादी र राप्रपा पार्टीले आफ्नो उम्मेदवार दर्ता गरेका छन् ।

मनोनयन दर्तामा नेपाली कांग्रेसले पूलतीसरा शाही, नेकपा एमालेले, सुलोचना भण्डारी (बुढा), नेकपा माओवादी (केन्द्र) राजुकुमारी विक, नेकपा एकीकृत समाजवादीले जवा शाही र राप्रपाले सुनादेवी थापा भोटे धामीलाई उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिक सुईजिउला वाई बाजुराले जनाएको छ ।