बन्द उद्योग सञ्चालनमा ल्याउँछौं : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुराना बन्द उद्योगहरु छिट्टै सञ्चालनमा ल्याइने बताउनुभएको छ । बुधबार कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएका उहाँले भन्नुभयो, ‘पहिले सञ्चालनमा रहेका र हाल लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालनको तयारी सरकारले गरेको छ, हामी दुई तीनवटा मोडालिटीमा छलफल गरिरहेका छौं, पब्लिक शेयरमा जाने, वैदेशिक लगानी जुटाउने कसरी हुन्छ सल्लाहमै छौं ।’
किसानलाई बाली भित्र्याउने चटारो
बाजुराका किसानलाई दसैँ सकिएसँगै धान बाली भित्र्याउने चटारो परेको छ । बाजुरामा हिमाली भेगमा असोज र तल्लो क्षेत्रका अधिकांश ठाउँमा कात्तिक महिनामा हिउँदे खेती लगाउने गर्छन् ।
सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ ।
खण्डहर बन्यो भोपूर दरबार
बझाङका ५३ औँ राजा गजराज सिंहले आफ्ना छोरा भूपेन्द्र सिंहका लागि निर्माण गरेको भोपूर दरबार । यो दरबार वि।सं १९१५ तिर निर्माण गरिएको मानिन्छ ।
महाकाली तर्न ट्युबको सहारा
भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको काली नदीमा पुल नहुँदा स्थानीयवासी समस्या मोल्दै ट्युबमा वारपार गर्दै आएका छन् ।
मैनबत्ती बनाउँदै हुक्केडाँडाका विद्यार्थी
तिहारलाई लक्षित गरेर विद्यार्थी मैनबत्ती बनाउन जुटेका छन् ।
शुक्लाफाँटामा सफारी सुरु
बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु भएको छ ।
टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्त कमैया
वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो ।
घटालथानको निर्माण अलपत्र
प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५-२०७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो ।
शौचालयको ढल सिधै नालीमा
शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित बनेको छ । वर्षौदेखि शौचालयको ढल नालीमा छोडिँदै आएको छ ।
किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवलदार थुनामा
पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा परेका छन् ।
फोहोर व्यवस्थापनमा सकस
बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारको फोहोर व्यवस्थापन कार्यमा निकै सकस भएको छ । बाम्का बजारका अधिकांश व्यापारीले बाम्कानजिकै रहेको पहिरोमा फोहोर फाल्न नछोडेपछि यहाँको बजार व्यवस्थापन समिति त
अधुरै रह्यो घटालथानको योजना बजेट आएन, बाढी आएर बगायो
प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरूप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो ।
तालमा फुलेका कमल
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ स्थित झारखण्डी तालमा फुलेका कमल । तालको उचित संरक्षण हुन नसकेको स्थानीयको गुनासो छ ।
अरिँगालको टोकाइबाट घाइतेको मृत्यु
बडीमालिका नगरपालिकामा अरिँगालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।
‘जोरायली बासमती धान’ डोटीको पहिचान
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत ९रैथाने० जातको ‘जोरायली बासमती’का खेतको धान काटेर भित्र्याउन भ्याइनभ्याई छ ।
जोरायली बासमती धान भित्र्याउँदै कृषक
कैलालीसँग सीमा जोडिएको डोटीको जोरायल क्षेत्रमा उत्पादन हुने मसिनो बास्नादार ‘जोरायली बासमती’ धान काटेर भित्र्याउँदै कृषकहरु । रैथाने जातको बासमती धान उत्पादनका लागि जोरायल क्षेत्रले पहिचान बनाएको छ ।
उद्धारको पर्खाइमै मर्छन् लोपोन्मुख वन्यजन्तु
गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो ।
धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग
संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक अनुष्ठान र महायज्ञमा सम्मानसाथ बोलाइन थालेको छ ।
एक हजारभन्दा बढीलाई ‘स्क्रब टाइफस’
सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ ।
सर्प समात्दै, जनचेतना फैलाउँदै लक्ष्मण
कैलालीको टीकापुरका शिक्षक लक्ष्मण उपाध्यायलाई दसैँमा पनि सर्प उद्धार गर्न भ्याइनभ्याइ थियो । यत्रतत्रबाट फोन आएपछि नजाने कुरै भएन ।
आलिताल अस्पताल निर्माणको काम अलपत्र
भित्रीमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ ।
रानाथारु समाजको अध्यक्षमा कमलसिंह
नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित हुनुभएको छ । धनगढीमा भएको सातौं महाधिवेशनबाट उहाँ लोकप्रिय मतका साथ अध्यक्षमा निर्वााचित हुनु भएको हो ।
सुदूरपश्चिम प्रदेश : सात वर्षमा तीस वटा ऐन संशोधन
सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ ।