अपाङ्गका सवालमा ध्यान दिनु आवश्यक छ
अपाङ्गताका सवालमा ग्रामीण क्षेत्रका पालिका र अभिभावकले खासै वास्ता नगर्ने भएकोले विपद्मा अपाङ्गले दुःख पाएको गुनासो यहाँ गरिएको छ।
अध्यादेश प्रतिस्थापन विधेयक चाँडै पारित गर्नुपर्नेमा जोड
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा टेबुल गरेको सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक चाँडै पारित हुनु पर्ने प्रदेश सभा सदस्यले जोड दिनु भएको छ।
कर्णाली नदीको बहाव घट्याे
दिउँसोबाट पानीको बहाव घट्न थालेको चिसापानी जलमापन केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो ।
लागुऔषध कारोबारमा संलग्न पाँच पक्राउ
कैलाली प्रहरीले चार ग्राम २१० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
सुदूरका पहाडी जिल्ला जोड्ने चार वटा मुख्य सडक अवरुद्ध
तीन दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने चार वटा मुख्य सडक भीमदत्त लोकमार्ग, दशरथचन्द लोकमार्ग, जयपृथ्वी लोकमार्ग र महाकाली लोकमार्गका ठाउँठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।
कर्णाली नदीमा खतराको सङ्केत, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण उर्लेको कर्णाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १०.९० मिटर पुगेको छ ।
कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारियो
बाढीको जोखिममा परेका कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीमा बाढी आएपछि जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको हो ।
कर्णालीमा पानीको बहावले सतर्कता तह पार गर्याे
कर्णाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि आएको छ । अहिलेसम्म पानीको बहाव १०.४० मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । चिसापानीस्थित जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १० मिटरसम्म सतर्कता तह मानिन्छ । १०.८० मिटर पुगेमा खतरा मानिन्छ ।
डोटीमा दूध बेच्न गएकी बालिका खोलाले बगाएर बेपत्ता
डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । जिल्लाको केआईसिंह गाउँपालिका ४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन् ।
वनहराका भूमिहीनको जीवन जोखिममा
डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झोपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आउनुभएको छ । दैनिक मजदुरी गरी उहाँले परिवारको भरणपोषण गर्दै आउनुभएको छ ।
डोटीमा पहिरोमा च्यापिएर दम्पती घाइते
डोटीमा पहिरोले पुरिएर दुई जना घाइते भएका छन् । अविरल वर्षापछि गए राति घर माथिबाट खसेको पहिरोमा पुरिएर श्रीमान् - श्रीमती घाइते भएका हुन् ।
अध्यादेश प्रतिस्थापन विधेयक सदनमा टेबुल
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ । चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउने तयारीमा जुटेको प्रदेश सरकारले बिहीबार बसेको प्रदेश सभा बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक टेबुल गरेको हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अध्यादेश प्रतिस्थापन विधेयकलाई सदनमा टेबुल गर्नुभयो । सो क्रममा उहाँले बजेट र त्यससँग सम्बन्धित ऐन कानुन पास हुन नसकेपछि उत्पन्न शून्यताको अवस्था भङ्ग गर्न र राजस्व सङ्कलन नियमित गर्न प्रदेश सरकारले अध्यादेश ल्याउनु परेको बताउनुभयो ।
भीमदत्त राजमार्ग अवरुद्ध
बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।
‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबिबिएस पढ्न पाउने ?’
पाँच अर्ब बढी लगानीको भौतिक संरचना बनिसक्दासम्म कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा नआएपछि यसबारे सुदूरपश्चिम प्रदेश सभामा कुरा उठेको छ।
जलवायु परिवर्तनका असर कम गर्न कानुन निर्माणमा एकरूपता आवश्यक
जलवायु परिवर्तनका असर कम गर्नाका लागि कानुन निर्माणमा एकरुपता आवश्यक भएकोमा यहाँ जोड दिइएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।
गाडी चल्न बनाएको सडकमा हिँड्नै सकस
बाजुराको खप्तड छेडेदह गाउँपालिका अधिकाशं गाउँ बस्तीमा गाडी सञ्चालन गर्न निर्माण गरेका ग्रामिण सडकमा हिड्नै सकस हुने गरेको छ ।
प्रसारण लाइनमुनि बस्ती दैनिक जोखिम बढ्दै
यही भदौ १७ गते पाटन नगरपालिका–६, डुङराकी ५७ वर्षीय जानकी लुहारको करेन्ट लागेर मृत्यु भयो । घटना सेलाउन नपाउँदै भदौ २१ गते सुर्नया–८, बाच्पानीका १२ वर्षीय वसन्त बोहोराको बाख्रा चराउन वनमा गएका बेला भुइँनजिकै लत्रिएको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । विद्युत् वितरण केन्द्रले छ लाख रुपियाँ क्षतिपूर्ति दिने सहमतिपछि परिवार र आफन्तले बालकको शव उठाए ।
नदी कटान रोक्न बाँस र घाँस
कैलालीको मोहना र खुटिया नदी किनारमा बाँस र घाँस रोप्ने अभियान सुरु गरिएको छ । यी नदीले कटान गर्दै आएको धनगढी उपमहानगरपालिकास्थित विभिन्न वडामा चाँप जातको बाँस, अम्रिसो र डाले घाँस रोप्ने अभियानको थालनी गरिएको हो ।
मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता
मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता अपनाइएको छ ।
सुस्तायो मादलको व्यापार
सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर । लम्कीचुहा नगरपालिका–३, बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल ।
असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।
जुम्लाका उत्पादन, कैलालीमा व्यापार
कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त हुनुहुन्छ । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्नुहुन्छ । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आउनुभएकी उहाँलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।
स्याउ खेतीमा आकर्षण
दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । हिमाली जिल्ला दार्चुलाका व्यास, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले जानकारी दिनुभयो । गत वर्ष १७० हेक्टर जमिनमा दुई हजार २३० मेट्रिक टन स्याउ उत्पादन गरिएकामा यस वर्ष १८८ हेक्टर जमिनमा दुई हजार ४७० मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार दार्चुलामा पछिल्लो समय स्याउ उत्पादनमा किसानको आकर्षण बढ्दै गएको छ ।