• ८ मंसिर २०८१, शनिबार

अपाङ्गका सवालमा ध्यान दिनु आवश्यक छ

blog

अपाङ्ता र विपद् व्यवस्थापन सम्बन्धी कार्यशालाका सहभागी। तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, भदौ २८ गते । अपाङ्गताका सवालमा ग्रामीण क्षेत्रका पालिका र अभिभावकले खासै वास्ता नगर्ने भएकोले विपद्मा अपाङ्गले दुःख पाएको गुनासो यहाँ गरिएको छ। 

धनगढीमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीले अपाङ्ग भनेका भत्ता खानलाई मात्र हुन भन्ने धारणा समाजमा भएकोले उनीहरुले अनेकौ दुःख पाएको चर्चा गरेका हुन्। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ कि अनिता ढुंगानाले आफू पनि अपाङ्ग भएको र अपाङ्गकै हितमा काम गरिरहदा स्थानीय सरकार र अपाङ्गका आफन्तलाई अझ जिम्मेवार बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता महसुस गरेको बताउनुभयो। 

सो अवसरमा धेरै सहभागीले विपद्का बेला बढी अपाङ्गता भएकाले धेरै दुःख पाउने गरेको चर्चा गर्दे राजनीतिकर्मी, जनप्रतिनिधि र अभिभावकले अपाङ्गता भएकाको विषयलाई गम्भीर रुपमा नलिने गरेकोमा दुःख व्यक्त गर्नुभयो। उनीहरुले अपाङ्गता भएकाले विपद् बारे सूचना र आफ्ना अधिकार थाहा नपाउने गरिएको पनि चर्चा गरे ।

सो अवसरमा कतिपयले अपाङ्गताका क्षेत्रमा काम गर्ने पालिकाका सामाजिक शाखाहरु माथिल्लो तलामा हुने, अपाङ्गका सेवा सुविधा सम्बन्धी तथा विपद्मा सूचना दिने प्रणाली नभएको र अधिकांश ठाउँका भौतिक संरचना अपाङ्गमैत्री नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै शुक्लाफाटा नगरपालिकाका उपप्रमुख कल्पना जोशीले आफ्नो पालिकाले अपाङ्गका क्षेत्रमा राम्रो काम गरेको, सामाजिक शाखा पहिलो तलामै रहेको, आफू पनि उनीहरुका कुरा सुन्न पहिलो तलामै आउने गरेको दाबी गर्नुभयो। 

‘अपाङ्गका आफन्त उनीहरुका सवालमा जान्न, बुझ्न तयार नभएको, भत्ता भएका कार्यक्रममा मात्र आउने गरेको बताउनुभयो। त्यसलै कतिपय काम अपाङ्गकै घर, आँगनमा गएर सञ्चालन गरिरहेका छौं,उहाँले भन्नुभयो, ‘कतिपय काम गर्नका लागि ऐन र कार्यविधि पर्याप्त छैनन् ।’

निड्स नेपाल, सिसिएस र एनएनएसमब्ल्यूएले सिविएम ग्लोबलको प्राविधिक सहयोगमा मर्सिकोरसँगको साझेदारीमा आयोजना भएको कार्यशालाबाट स्थानीय निर्वाचित प्रतिनिधि र नगरपालिकाका कर्मचारीको अपांगता समावेशी प्रकोप जोखिम न्यूनीकरणको बुझाइ र क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

यसका साथै कार्यशालाले विपद्का बेला बोल्न नसक्ने, हिँड्न नसक्ने, आँखा नदेख्नेलाई सुरक्षित ठाउँमा लैजान सहयोग पुग्ने मर्सिकोरका संगीता अधिकारीले बताउनुभयो ।

मर्सिकोरले आफ्ना सहयोगी संस्थाबाट कैलाली तथा कञ्चनपुर जिल्लाका बढी बाढी आउने भजनी नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिका आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

सो परियोजनाका समावेशी सल्लाहकार विमल पौडेलले अपाङ्गता सम्बन्धी तालिम नलिएका विपद्का बेलाको तथ्याङ्क सङ्कलन गर्दा सही तथ्य नआउने आउने गरेको बताउदै त्यस्ता सवालमा पनि तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। 

कार्यशालामा पालिकाका उपप्रमुख, विपद् फोकल पर्सन, महिला र भौतिक पूर्वाधार शाखाका प्रतिनिधि, अपाङ्गका क्षेत्रमा कार्यरत संस्थाका अगुवाको सहभागिता थियो ।